आइतवार, पुस १२, २०८२
  • होमपेज
  • समाचार
  • चितवन उद्योग वाणिज्य संघको अधिवेशनका लागि शिरीष पन्त समुहद्धारा मनोनयन दर्ता
समाचार

चितवन उद्योग वाणिज्य संघको अधिवेशनका लागि शिरीष पन्त समुहद्धारा मनोनयन दर्ता

चितवन, पुष १३। चितवन उद्योग वाणिज्य संघको आसन्न ५९ औं साधारणसभा तथा अधिवेशनका लागि शिरिष पन्त समुहले उम्मेद्वारी दर्ता गराएका छन्। अध्यक्ष पदमा शिरिष पन्त, वरिष्ठ उपाध्यक्षमा लोक बहादुर रानाभाट, उपाध्यक्षमा त्रय शंकर प्रसाद घिमिरे, जनक पौडेल र गुणराज पौडेलले मनोनयन दर्ता गरेका हुन । मनोनयन पछि प्रतिक्रिया दिदैं अध्यक्षका प्रत्यासी पन्तले सबै व्यवसायीको साथ र सहयोग सहित आफूहरुले मनोनयन दर्ता गरिएको बताए । ‘अहिले सबै बस्तुगत संघ, कर्पोरेट लगायतका सवै व्यवसायीहरुले हौसला दिनुभएको छ , पन्तले भने, हामीले यसले थप उत्साहित र दायित्वको महसुस भएको छ ।’ मनोनयन दर्ता लगत्तै आफू शशक्त भएर चुनावी अभियानमा होमिएको उनले बताए । चितवन उद्योग वाणिज्य संघको अधिवेशन तालिका अनुसार आज मनोनयन दर्ता तोकिएको थियो । भोलि सोमबार दाबी विरोध र मनोनयन फिर्ताको समय सिमा तोकिएको छ ।
यसैबीच आज कर्पोरेटतर्फ सदस्यमा अशोक लामिछाने, अमित कौडेल र क्षेत्रीय सदस्यमा रेशम आचार्य निर्विरोध चयन भएका छन । संघको अधिवेशन यही पुष १९ र २१ गते हुंँदैछ । चितवन उद्योग वाणिज्य संघमा तीन हजार ७१६ व्यवसायी आवद्ध रहेका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस