मङ्लबार, भदौ ३०, २०८२
  • होमपेज
  • समाचार
  • पार्टी काममा फर्किए प्रचण्ड
समाचार

पार्टी काममा फर्किए प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा फर्किएका छन् ।

भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए । २३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए ।

विज्ञापन

तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो । माओवादी केन्द्रका एक उच्च नेताका अनुसार स्थिति सामान्य बन्न थालेसँगै उनी सोमबारदेखि पार्टी काममा फर्किएका हुन् ।

विज्ञापन

जसअनुसार उनी आन्दोलनकारीले ध्वस्त पारेको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणका लागि जाने तयारीमा छन् । यस्तै पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न केही दिनमा पदाधिकारी बैठक बोलाउने उनले तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस