सोमवार, भदौ २९, २०८२
  • होमपेज
  • समाचार
  • असोज १ गते शोक विदा दिने सरकारको निर्णय
समाचार

असोज १ गते शोक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले अन्तरिम सरकार गठनपछि आज बसेको पहिलो बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति शोक मनाउन आगामी असोज १ गते शोक विदा दिने निर्णय गरेको छ ।

विज्ञापन

त्यस्तै, जेनजी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय भएको सरकारका गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।

विज्ञापन

सरकारले जेनजी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्नका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने, मृतकहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने, मृतकका परिवारलाई जनही १० लाख राहत र अन्य खर्चका लागि पाँच लाख गरी १५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस