काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजीमाथि भएको दमनपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै थापाले यो परिस्थितिमा नेपाली कांग्रेस सरकारमा बसिरहनु उचित नभएको भन्दै सरकारबाट तत्काल फिर्ता हुनुपर्नेमा जोड दिएका हुन्।
थापाले हालैको दमनका कारण आफू र सिङ्गो नेपाल नै रातभर सुत्न नसकेको बताएका छन् । उनले ‘अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रूर दृश्य’ आफ्नो आँखा अगाडि घुमिरहेको उल्लेख गरेका छन्।
फेसबुक प्रतिक्रियाहरु