चितवन, भदौ ५ । वि.सं. २०८२ साल भदौ ५ गते बिहिबार,
मेषः
आज केहि सावधानी अपनाउनुपर्ने देखिन्छ । गरेको कार्यमा उल्झन साथै चोटपटकको भय पनि रहेको छ । सत्पात्रको संगतले दैनिक व्यवहारमा सुधार ल्याउन सकिनेछ । परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन।
वृषः
साथीभाई आफन्तको साथसहयोग मिल्नेछ । विद्या बुद्धिको विकास हुनेछ । चमत्कारी ढङ्गले सफलता मिल्नेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ । शैक्षिक एवं व्यापारिक क्षेत्रमा उन्नति प्रगतिको दिन रहेको छ ।
मिथुनः
स्त्री वर्गको सहयोगले ठूलो काम बन्नेछ । शैक्षिक एवं व्यवसायीक कार्यबाट सन्तुष्ट भईनेछ । सुरुमा अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैंंलाई फाइदा हुनेछ । हतारको निर्णयले गलत दिशामा डोहोर्याउने हुँदा सावधान रहनुहोला ।
कर्कटः
मानसम्मानको योग छ । व्यापार व्यावसाय फस्टाउनेछ । विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ ।
सिंहः
व्यापार व्यवसायबाट अपेक्षित लाभ नहोला । बादविवादको सम्भावना देखिन्छ सचेत रहनुहोला । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ । अप्ठ्यारो समयमा शुभचिन्तकहरूको साथसहयोग जुट्नाले राहत मिल्नेछ ।
कन्याः
शैक्षिक, कृषि एवं व्यापारिक काम कारोबारमा प्रगतिको समय छ । तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ । मिष्ठान्न भोजनमा रमाइएला । कृषिकर्म एवं पशुधनबाट लाभ उठाउन सकिनेछ ।
तुलाः
सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेको छ । पुरानो मित्रताले प्रेममार्ग अवलम्बन गर्न सक्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द समेत प्राप्त हुनेछ ।
बृश्चिकः
आज यात्राको सम्भावना देखिन्छ । चोट पटकको संभावना रहनेछ, इष्टदेवको स्मरण गर्नुहोला । आलस्य गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न केहि समय लाग्नेछ ।
धनुः
व्यापार व्यवसायमा लगानि गर्ने समय छैन । तनाव सृजना होला, पापकर्ममा मन जाला । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाईनेछ ।
मकरः
आज श्रीवृद्धि तथा ख्यातिको प्राप्ति हुने समय छ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । विपरीत लिङ्गीबाट साथसहयोग प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ ।
कुम्भः
आज राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । घरजग्गाको कारोबारबाट फाइदा मिल्नेछ दिन छ । शत्रु वर्गको मेख मर्ने छ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भईनेछ ।
मीनः
सामाजिक एवं राजनैतिक कार्यमा बाधा देखिन्छ । आजको दिन मायाजालमा नपरेक्रै राम्रो । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । साझेदारीमा समस्या आउनाले सम्झौता भंग हुन सक्नेछ । आफ्ना उपलब्धि जोगाउन अलि सावधान रहनु राम्रो पक्ष हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु