Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन २९, २०८२
  • होमपेज
  • Breaking News
  • फेरि मनसुन थप सक्रिय, केही दिन वर्षा बढ्ने, झापामा धेरै वर्षा
Breaking News

फेरि मनसुन थप सक्रिय, केही दिन वर्षा बढ्ने, झापामा धेरै वर्षा

काठमाडौँ, २८ साउन । पछिल्लो एकसाता भन्दा बढी समयदेखि देशमा मनसुन सक्रिय भई वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुक्खा भएको तराईमा समेत वर्षा भएको र यो क्रम जारी नै रहेको छ ।

मनसुन सक्रिय हुँदा पछिल्लो १२ घण्टामा देशका १३ ठाउँमा भारी वर्षा भएको छ । त्यसमध्ये एक ठाउँमा भने धेरै भारी (मुसल्धारे) वर्षा भएको छ । पछिल्लो १२ घण्टामा झापा जिल्लामा धेरै वर्षा भएको छ ।

विज्ञापन

विभागको मौसम पूर्वानुमान माहशाखाले पछिल्लो १२ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा बढी ११९.८ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।

विज्ञापन

यसपछि झापाको केचनाकवलमा ९५.२ मिलिमिटर वर्षा भएको छ । झापाकै शनिश्चरे, चन्द्रगढीमा पनि ६५ मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

यता उदयपुरको गाईघाटमा ९४.६ मिलिमिटर वर्षा भएको छ । उदयपुरको कटारी ६९.४, दाङको लालमटियामा ६५.६, बाँकेमा ६०.८, डोटीमा ७३.६, इलाममा ७६ मिलिमिटर वर्षा भएको छ । ४० देखि ६० मिलिमिटर वर्षा भने देशका धेरै मापन केन्द्रहरुमा भएको छ ।

मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले मनसुन सक्रिय नै रहेकाले सचेत हुन सबैमा अनुरोध गर्नुभएको छ । बाढी पूर्वानुमान महाशाखाले भारी वर्षाका कारण सुनसरी जिल्लास्थित सार्दु खोला मदन–भण्डारी राजमार्गको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको तथा इलाम जिल्लास्थित माई खोला, चिसापानी जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सावधानी अपनाउन अनुरोध गरेको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेकाले आगामी दुई दिन मनसुनको प्रभाव थप बढ्ने विभागले जनाएको छ । हाल देशभर साधारणतया बदली रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशको थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षा भईरहेको छ । कोशी प्रदेशको झापालगायत एक–दुई स्थानमा भारी वर्षा भैरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस