शुक्रबार, साउन २३, २०८२
  • होमपेज
  • समाचार
  • निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधि कांग्रेसलाई स्वीकार्य छैन : महामन्त्री थापा
समाचार

निर्वाचन आयोगको स्वमूल्याङ्कन कार्यविधि कांग्रेसलाई स्वीकार्य छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगले तयार पारेको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि पार्टीलाई स्वीकार्य नभएको बताएको छ । कांग्रेस महामन्त्री गगन थापाले कार्यविधि पार्टीलाई स्वीकार्य नरहेको बताए ।  संविधानले दलहरूले गरेको कामलाई नियमन गर्ने थापाले बताए । ‘भन्दा स्वमूल्याङ्कन भन्दै नियन्त्रण गर्न खोजिएको हो । त्यो नेपाली कांग्रेसलाई स्वीकार्य छैन,’ महामन्त्री थापाले  भने ।

निर्वाचन आयोगले जनताद्वारा निर्वाचित भएका दलहरूलाई नियमन गर्ने र गराउने गर्ने विषय मान्य नहुने थापाले बताए । आयोगले तयार गर्न लागेको स्वमूल्याङ्कन कार्यविधिमा कांग्रेसको शतप्रतिशत असहमति रहेको उनको भनाइ छ ।

विज्ञापन

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस