आशिष अधिकारी
चितवन ।
चितवनको भरतपुर महानगरपालिका बिपद् तथा बिपद्जन्य घटनाहरुमा अब्बल सावित हुदै गएको छ । महानगरपालिकाले अहिले महानगरको दुई ठाउँबाट दमकल सेवा सञ्चालन गरेसगै महानगरले बिपद् तथा बिपद्जन्य घटनाहरुमा थप सफलता हात पारेको हो । यस पालिकाले भरतपुरको मात्र नभइ चितवन जिल्ला भरिकै आगो नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । चितवन सगै छिमेकी जिल्ला नवलपुरमा यस महानगरको दमकलले बिभिन्न समयमा भए गरेका आगलागी तथा बिपद् एवं बिपद्जन्य घटनाहरुमा सहयोग गर्दै आइरहेको महानगरका बरुणयन्त्र अधिकृत देवेन्द्र राज रेग्मीले बताए । रेग्मीका अनुसार गत आर्थिक बर्ष २०८१/०८२ मा भरतपुर र नवलपुरमा गरेर १ सय ३३ वटा आगलागीका घटना भएका छन् । जसमा भरतपुर क्षेत्र र गैडाकोटमा गरेर ९७ वटा आगलागीका घटना भएका छन् भने चनौली इकाइबाट सोहि आर्थिक बर्ष ३६ वटा आगलागीका घटना भएका छन् ।
हेलचक्राइ र लापरवाहीका कारण बनजगंलमा आगलागी र डढेलोको प्रकोप दिनप्रतिदिन बढदो क्रममा रहेको छ । सुक्खा खडेरी र प्रतिकुल मौसमका कारण आगलागीका घटना बढदै गएको देखिन्छ । हिउँदबाट सुरु भएको आगलागीका घटना वर्षायाम सुरु भए सगै कम हुदै गएका छन । चितनवको भरतपुर महानगरपालिकाले आगलागीका घटना हुन नदिन र यसबाट बच्न र बचाउन भन्दै सजगता अपनाएको देखिन्छ । महानगरपालिकाले अहिले दुइ स्थानबाट आगलागी नियन्त्रणको प्रयास गर्दै आइरहेको छ । महानगरले हाल तिन वटा दमकल परिचालन गरिरहेको छ ।
विपद् व्यवस्थापन शाखा प्रमुख बालकृष्ण थपलियाले गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्दार, राहत तथा व्यवस्थापन कार्य सम्बन्धि सचेतनाका लागि कृत्रिम घटनाका अभ्यासहरु मार्फत आमनागरिकलाइ सचेत बनाइएको बताए । अधिकृत थपलियाका अनुसार अभ्यासमा आगलागीको अवस्थामा घरहरुबाट घाईतेहरुको उद्धार गर्ने अभ्यास, अग्नि नियन्त्रणद्धारा अगलागी नियन्त्रण अभ्यास, ग्यास सिलिण्डरबाट हुने आगलागी तथा जोखिम नियन्त्रणको डेमोस्ट्रेशन तथा हुन सक्ने क्षति र त्यसको त्रासबाट मुक्त गराउनको लागि सुरक्षात्मक उपायहरु अपनाउने तरिकाको नमुना अभ्यास गर्दै आइरहेको छ ।
भुकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदमा सिमित स्रोत साधानका वावजुद पनि पिडितको उद्वार, राहत तथा अस्थायी आवास निर्माण कार्यमा भुमिका निभाउदै आएको र आगामी दिनमा पनि विपद पिडितहरुको उद्वार विपद जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा महानगर रहेको थपलियाको भनाइ छ ।
उनले आगलागीजन्य घटना तथा विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा सबै जना सचेत हुन आवश्यक रहेको पनि बताए । महानगरले साना ठूला सबै आगलागीका घटनाहरुमा महानगर सगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगो नियन्णमा ल्याउने गरेको छ । बदलिदो मौसमका कारण हुन सक्ने आगलागीको घटनालाई मध्यनजर गरी बिपद् पूर्व तयारी अनुरुप सरोकारवाला निकायहरुको समन्वयमा महानगरपालिकाले काम गर्दै आइरहेको छ ।
नेपालमा आगलागीमा परेर बर्षेनी सयौंको संख्यामा मानिसहरुको ज्यान जाने गरेको र दुइ अर्व रुपैयाँ भन्दा धेरैको भौतिक क्षति हुने गरेको गृह मन्त्रालयको तथ्याकंमा उल्लेख छ । बर्षेनी डढेलोको कारण हजारौं हेक्टर बनक्षेत्र बिनास समेत हुने गरेको मन्त्रालयको तथ्याकंले देखाउछ ।
अक्सिजन र इन्धनसगँ घर्षण वा ताप मिसिँदा हुने रासायनिक प्रतिक्रयाबाट उत्पन्न हुने तापिय शक्ति नै आगो हो । नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांकका अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ र बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी हुने शितलहर, आगलागी, अतिबृष्टि, अनावृष्टि, हिमपातलगायतको कारणले सयौँको ज्यान जाने गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु