बुधबार, साउन १४, २०८२
  • होमपेज
  • Breaking News
  • एन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने
Breaking News

एन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले  देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ ।

 

विज्ञापन

सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल बितरण ‘फिफा फुटबल फर स्कुल कार्यक्रम’ अन्तर्गत रहेको छ ।

विज्ञापन

 

यस कार्यक्रमका लागि एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग र महासचिव किरण राईले प्रधानमन्त्रीलाई ओलीलाई भेटेर औपचारिक रुपमा निमन्त्रणा गरि सकिएको छ । राष्ट्रकै शैक्षिक र खेलकुद विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रमको महत्वलाई ध्यानमा राख्दै प्रधानमन्त्री ओलीले निमन्त्रणा स्वीकार गरेको उपाध्यक्ष दावा कुङवा लामाले जानकारी दिए ।

 

नेपालमा यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुँदैछ। देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयहरूमा ३२,६४० वटा फुटबल वितरण गरिने योजना रहेको यस कार्यक्रमले विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उनले जनाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस