बुधबार, साउन १५, २०८२
  • होमपेज
  • समाचार
  • आज मिति २०८२ साल साउन १३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
समाचार

आज मिति २०८२ साल साउन १३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

वि।सं।२०८२ साल साउन १३ गते । मंगलबार । ईश्वी सन् २०२५ जुलाई २९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–पंचमी, ४७ घडी ५१ पला, रातको १२ बजेर २१ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–उत्तराफाल्गुनी, ३७ घडी २८ पला, बेलुकी ८ बजेर ४१ मिनेट उप्रान्त हस्त । योग–शिब, ५८ घडी ३२ पला, रातको ५ बजेर ६ मिनेट उप्रान्त सिद्ध । करण–बव, मध्यान्ह १२ बजेर १८ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ५१ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कन्या । नाग पञ्चमी व्रत । विश्व बाघ दिवस ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विज्ञापन

न्यायालयसँग सम्बन्धित काममा अलमल हुनेछ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा नआउन सक्छ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू नै हाबी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । आफन्त तथा मावलीसँग सैद्धान्तिक राय बाझिनेछ । तर पनि भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । शेयर बजारमा तीव्र उतारचढावका बिच नाफा कमाउन सकिनेछ ।

विज्ञापन

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बौद्धिकताको प्रयोग गरी आफ्नो क्षमतालाई निखार्ने अवसर प्राप्त हुनेछ । मन परेको मानिसबाट छोटो दुरीको यात्राको अफर आउने तथा उपहार प्राप्त हुने योग रहेको छ । आफन्त तथा सन्तानबाट तपाईँले सुरु गरेको काममा सहयोग तथा समर्थन पाइनेछ । बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट मनग्गे लाभ लिन सकिनेछ । राम्रा तथा सुखद समाचार सुन्न पाउँदा मन प्रसन्न हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्त बुझ्दो काम गरी नाम कमाउन सकिनेछ । शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम सङ्गत गर्नुहोला, बलजफती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरूसँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । छोटो दुरीको यात्रा कष्टकर हुन सक्छ । तर पनि वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । कागज तथा प्रेस सम्बन्धी कामबाट आम्दानी हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

बोलीको प्रभाव बढ्ने हुनाले काउन्सेलिङ तथा मोटिभेसन क्षेत्रमा समय खर्चिनेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । स्रोत साधन जुट्नाले व्यापार तथा शेयर बजारमा लगानी बढाउन सकिनेछ । आफन्त तथा कुटुम्बबाट सुनिने सुखद समाचारले उत्साह जगाउनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । पढाइ लेखाइमा मन जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

प्रविधिको प्रयोग गरी रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम गर्न सकिने तथा सहयोग र समर्थन गर्नेहरू प्रशस्त भेटिनेछन् । व्यापार र शेयर बजारमा लगानी गर्दा नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ भने पहिले गरिएका कामहरू उपलब्धिमूलक बन्दै जानेछन् । समाजसेवा तथा राजनीतिमा चासो बढ्ने तथा जनताको काम गर्न सक्दा पद प्राप्तिको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरूका लागी दिन प्रभावकारी रहनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समयमा अर्थ सङ्ग्रह गर्न सकिने हुँदा तथा आर्थिक अवस्था राम्रो रहने हुँदा अर्थ व्यापारमा लगानी गर्न सकिनेछ । आफ्ना भन्नेहरूले सहयोग गर्ने तथा दाजुभाइहरूको समर्थनमा राम्रा काम गर्न सकिनेछ । वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट राम्रै आम्दानी हुनेछ । बुवा वा बुवा सरहका मानिसबाट मनग्गे आर्थिक लाभ लिन सकिनेछ । माया प्रेमको गाँठो कसिलो हुने समय रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिए पनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

धार्मिक तथा पढाइ लेखाइकै सवालमा लामो दुरीको यात्रा हुनेछ । धर्म तथा अध्यात्म जस्ता क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा बलियो उपस्थिति रहनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जानेछ भने व्यापारकै सवालमा देश विदेशको यात्रा हुनेछ । प्रशासनिक क्षेत्रमा गतिलो तथा सम्मानजनक उपस्थिति रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

नसोचेको धन तथा सम्पत्ति प्राप्तिको योग रहेको छ । आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार तथा शेयर बजारमा उल्लेख्य वृद्धि हुनेछ। शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

माया प्रेममा नजिक हुने समय रहेको छ भने दाम्पत्य जीवन सहज रूपमा बित्नेछ । आर्थिक स्थिति मजबुत हुने तथा व्यापार वा शेयर बजारमा लगानी बढाई मनग्गे आम्दानी हुनेछ । लामो दुरीको मनोरञ्जनात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति हुने हुँदा मन प्रसन्न रहनेछ । भौतिक वस्तु तथा बिलासी सामानको प्रयोग मार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ ।

 

तपाईँको दिन शुभ रहोस् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

सम्बन्धित समाचार

भर्खरै

सिफारिस