सोमवार, साउन ६, २०८२
  • होमपेज
  • Breaking News
  • एमाले केन्द्रीय समितिको बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने
Breaking News

एमाले केन्द्रीय समितिको बैठक बस्दै, भण्डारीको राजनीतिक सक्रियताबारे छलफल हुने

काठमाडौं। नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट सुरू हुदैछ ।

 

विज्ञापन

च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू हुनेछ ।

विज्ञापन

 

मुख्यतयाः विधान अधिवेशनको पूर्व तयारी तथा पूर्व राष्ट्रपति विधादेवि भण्डारी पुनः एमालेको राजनीतिमा फर्कने विषयमा यो केन्द्रीय समिति बैठकको मुख्य अजेन्डा हुनेछ ।

 

यसअघि बसेको सचिवालय बैठकले मुख्यतयाः ७० वर्षे उमेर हद र एक व्यक्ति २ कार्याकाल भन्दा बढी पदाधिकारीमा बस्न नपाइने भन्ने विधानको व्यवस्थालाई खारेज गरेको थियो, जसलाई पोलिटब्युरोलेसमेत अनुमोदन गरिसकेको छ ।

 

तर, पूर्व राष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भने ‘पेन्डिङ’ मा राखेको जनाए पछि अध्यक्ष ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा फर्कन रोक लगाइएको रूपमा अर्थ्याइए पछि हिजो दुवै नेता बिचमा च्यासलस्थित कार्यालयमा भेटघाट र छलफल भएको थियो ।

 

सो छलफलको खास कुरा बाहिर नआए पनि ओली भने भण्डारीलाई जसरी पनि रोक्ने पक्षमा देखिएका छन् । सो विषयमा पनि आजको केन्द्रीय समिति बैठकमा छलफल हुने बुझिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस