उहाँले भन्नुभएको छ, ‘नदी किनारका क्षेत्रहरू, डुबान भइरहने होचो भूभाग र पहिरोको उच्च जोखिम भएका स्थानमा रहनुभएका सम्पूर्ण जनसमुदाय सतर्क रहनुहोला। स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूको सूचनाको पालना गर्नुहोला र आवश्यक सतर्कता अपनाउनु होला।’
काठमाडौँ, ४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल प्रचण्डले वर्षा भइरहेकाले सम्भावित बाढीपहिरोबाट जोगिन आम नागरिकलाई अनुरोध गर्नु भएको छ ।
उहाँले आज सामाजिक सञ्जालमार्फत देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको उल्लेख गर्नुहुदै आवश्यक सावधानीका लागि अनुरोध गर्नुभययको हो।
साथै उहाँले विपद् पूर्वव्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि तुरुन्त कदम चाल्न सरकारसँग अनुरोध गर्नुभएको छ ।
‘हाम्रो पार्टीपंक्तिलाई विपद् व्यवस्थापनमा सहयोग पुर्याउन, जनतालाई समयमै सूचना दिन तथा आवश्यक राहत र सुरक्षाका उपायहरूमा सक्रिय रहन अपिल गर्दछु’, उहाँले भन्नुभएको छ ।
फेसबुक प्रतिक्रियाहरु