आइतवार, साउन ५, २०८२
  • होमपेज
  • समाचार
  • गुगलले धरहरालाई ‘सेतो टावर’ देखायो
समाचार

गुगलले धरहरालाई ‘सेतो टावर’ देखायो

काठमाडौँ । सुन्धारास्थित रहेको धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो ।

धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी नभएको बताए । ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’ उनले भने ।

विज्ञापन

भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्‌नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो । उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए ।

विज्ञापन

गुगलले म्याप इडिट गर्न र नयाँ नाम राख्न सबैलाई एक्सेस दिने गरेकोले नाम परिवर्तन भएको हुनसक्ने अनुमान गरिएको छ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस