शनिबार, साउन ४, २०८२
  • होमपेज
  • समाचार
  • प्रचण्डलाई शेखरले भने– पहिला सरकार ढाल्ने प्रयास गर्नुस्, त्यसपछि नयाँ खेलहरू सुरु हुन्छन्
समाचार

प्रचण्डलाई शेखरले भने– पहिला सरकार ढाल्ने प्रयास गर्नुस्, त्यसपछि नयाँ खेलहरू सुरु हुन्छन्

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सुझाव दिएका छन् । बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा कोइरालाले प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् । स्रोतका अनुसार छलफलका क्रममा प्रचण्डले जनताको आशा कोइरालामा रहेको बताएका थिए । तर, संसदीय दलको नेता शेखर नभएको प्रसङ्ग प्रचण्डले उप्काएका थिए । त्यसपछि शेखरले प्रचण्डलाई भने, ‘पहिला यो गठबन्धन सरकार प्रमुख प्रतिपक्षी दलको नेता भएकाले ढाल्ने प्रयास गर्नुस् न । त्यसपछि पो नयाँ खेलहरू सुरु हुन्छन् । दलको नेता, प्रधानमन्त्री को बन्ने र कसरी अघि बढ्ने भन्ने कुरा हुन्छ ।’

दिउँसो तीन बजेदेखि पाँच बजेसम्म दुई घण्टा भएको छलफलमा प्रचण्डले कोइरालालाई भनेका थिए, ‘जनताको आशा तपाईंसँग छ । तर, कांग्रेसमा दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार हुन सकिन्न । तपाईं दलको नेता बन्न सक्नु भएन ।’

विज्ञापन

त्यसपछि कोइरालाले वर्तमान एमाले– कांग्रेस गठबन्धन रहँदासम्म आफू दलको नेता बन्न नसक्ने बताएको स्रोतको भनाइ छ ।  कोइरालाले भेटमा कांग्रेस र एमाले मिलेर बलियो गठबन्धनको सरकार बनाउने भनेर आफू नै लागेको समेत बताएका थिए ।

विज्ञापन

तर, त्यस्तो सरकार बने पनि जनताले एक वर्षसम्म आशा गर्ने ठाउँ नपाएको उनको भनाइ थियो ।  जवाफमा प्रचण्डले आफूले सुशासनका लागि काम गर्दागर्दै गर्न नदिइएको धारणा समेत राखेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस