चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आफ्नो सचिवालयबाट आधिकारिक ढंगले अफबाह फैलाइएको पुष्टि गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलाई चुनौती दिएकी छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत तथ्यहिन समाचार सम्प्रेषण गरिएकोमा आपत्ती सहित गम्भिर ध्यानाकर्षण भएको बताउदैँ प्रधानमन्त्री ओलीको सचिवालयलाई आफ्नो सचिवालयबाट अफबाह फैलाइएको पुष्टि गर्न चेतावनी दिएकी हुन् ।
विज्ञापन
उनले लेखेकी छन्, ‘तथ्यहिन समाचार संप्रेषण गरिएकोमा आपत्ति सहित गंभीर ध्यानाकर्षण भएको छ । मेयर (रेनु दाहाल)को सचिवालयबाट आधिकारिक ढंगले अफबाह फैलाएको पुष्टि गर्न चुनौती दिन चाहन्छु।’ महानगर प्रमुख दाहालले बरु प्रधानमन्त्री ओलीको सचिवालयलाई तथ्य बुझेर मात्रै समाचार सम्प्रेण गर्न अनुरोध समेत गर्दै ब्यक्ति बिशेषका कुरा लिएर अनावश्यक सचिवालयसंग नजोड्न पनि आग्रह गरेकी छन् ।
विज्ञापन
उनले लेखेकी छन्, ‘बरू पीएम सचिबालयले सत्य तथ्य बुझेर मात्र समाचार संप्रेषण गर्न अनुरोध गर्दछु र ब्यक्ति बिशेषका कुरा लिएर अनाबश्यक सचिवालयसंग नजोड्न र स्वयम् संबन्धित ब्यक्ति नै जिम्मेवार रहने कुराको समेत ध्यानआकर्षण गर्दछु।’
फेसबुक प्रतिक्रियाहरु