बुधबार, चैत्र ५, २०८१
  • होमपेज
  • Breaking News
  • संकटालाई हराउँदै आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा
Breaking News

संकटालाई हराउँदै आर्मी राष्ट्रिय महिला फुटबलको सेमिफाइनलमा

चितवन । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले पाखा लगायो ।

आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५७ औं मिनेटमा हिमाले डि बक्स बाहिरबाट सन्दर गोल गर्दै आर्मीलाई अग्रता दिलाईन् ।

विज्ञापन

अतिरिक्त समयको पहिलो मिनेटमा चन्द्राले आर्मीका लागि दोस्रो गोल गरिन् । बिमला थापाको पासमा चन्द्राले गोल गरेपछि आर्मी २-० ले विजयी भयो । आर्मीकी हिमा प्लेयर अद दि म्याच भईन् ।

विज्ञापन

यो खेल सँगै सेमिफाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बुधवार भरतपुर २४ र एपिएफ एफसी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार आर्मीले रौतहटको सामना गर्नेछ ।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा जारीप्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० तथा विधागत उत्कृष्टले २० तथा हरेक दिनको प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस