आइतवार, फाल्गुन ११, २०८१
  • होमपेज
  • Breaking News
  • नेपालको लगातार दोस्रो जीत, अब फाइनलमा म्यानमारसँग पक्का
Breaking News

नेपालको लगातार दोस्रो जीत, अब फाइनलमा म्यानमारसँग पक्का

काठमाडौं । नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को जारी खेलमा नेपालले लेबनान माथी १–० को जीत निकालेको हो ।

विज्ञापन

यो जीतसँगै घरेलु टोली नेपाल र म्यानमार फाइनलमा भेट्ने पक्का भएको छ ।

विज्ञापन

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको दोस्रो खेलमा स्ट्राइकर सावित्रा भण्डारीको गोल निर्णायक बन्दा नेपालले लेबनानलाई १–० ले जीत हासिल गरेको हो ।

यो जीतसँगै २ खेलमा स्पष्ट ६ अंक जोडेको नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो ।

आजको पहिलो खेलमा किर्गिस्तान म्यानमारसँग ५–० ले पराजित भएको थियो ।

करिब १२ हजार घरेलु समर्थकबीच सावित्राले निर्धारित हाफ सकिन तीन मिनेट बाँकी छँदा अट्याकिङ मडफिल्डर विमला चौधरीको सेटपीसलाई सदुपयोग गर्दै गोल गरिन् । सावित्राले बक्स बाहिरबाट गरेको प्रहार विपक्षी खेलाडी फराह इल टयारसँग डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस