मङ्लबार, पुस ९, २०८१
  • होमपेज
  • Breaking News
  • विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर
Breaking News

विश्व मधुमेह दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

चितवन  । विश्व मधुमेह दिवसको अवसर पारेर भरतपुरको वडा नं. ३ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा आउने भएको छ ।
मधुमेह र आरोग्यताको नारा सहित मनाउन लागिएको यो दिवसको दिन कात्तिक २९ गते वडा नं. ३ को पर्व व्याङक्वेटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको शिविरका कार्यक्रम संयोजक प्रा.डा. विजयप्रसाद पौडेलले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको वडा नं. ३ को कार्यालय, चितवन अस्पताल प्रा.लि.,राष्ट्रिय स्वास्थ्यकर्मी संघ–चितवनको संयुक्त आयोजनामा हुन लागेको शिविरमा रगतमा सुगर मात्रा निःशुल्क परिक्षण, बिरामीलाई मधुमेह रोग विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क परिक्षण, परामर्श र शैक्षिक कार्यक्रम सञ्चालन गरिने संयोजक डाक्टर पौडेलले जानकारी दिनुभयो ।

विहान ७ः३० देखि ११ बजेसम्म सञ्चालन हुने शिविरमा डा. सन्दीप पाण्डे (फिजिसियन)
डा. प्रतिक न्यौपाने (फिजिसियन), डा. रामकृष्ण पौडेल (मेडिकल अफिसर), डा. अश्वीन सापकोटा (मेडिकल अफिसर)ले परिक्षण गर्ने कार्यक्रम रहेको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस