शुक्रबार, अशोज २५, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा पहिलो पटक “पोल्ट्री क्षेत्रमा नविनतम प्रविधि” सम्बन्धी गोष्ठी सम्पन्न
समाचार

नेपालमा पहिलो पटक “पोल्ट्री क्षेत्रमा नविनतम प्रविधि” सम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौँ। पोल्ट्री क्षेत्रलाई थप व्यवसायीक र मर्यादित बनाउन यसका सरोकारवालालाई “पोल्ट्री क्षेत्रमा नविनतम प्रविधि” सम्बन्धी प्रशिक्षण दिइएको छ । नेपालमा पहिलो पटक नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजना गत शुक्रबार काठमाण्डौँमा सरोकारवालाहरुलाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा इण्डिया पोल्ट्री रिभ्युलगायत विभिन्न व्यवसायिक प्रतिष्ठानको सहयोग रहेको थियो ।

कार्यक्रमको एक समारोहका बीच नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले समुदघाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले अहिलेको समयमा पोल्ट्री क्षेत्रका कार्यलाई थप व्यवसायीक बनाउन नविनतम प्रविधिको प्रयोगको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा पोल्ट्री क्षेत्रमा देखिएका समस्या, नविनतम प्रविधिको प्रयोग एवम् पूर्वतयारीका बारेमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।कार्यक्रममा प्रा. डा. पिके सुक्लाले दक्षिण एशियामा पोल्ट्री क्षेत्रमा देखा परेका नयाँ रोगहरुको अवस्था, रोगथाम र नियन्त्रणका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

विज्ञापन

यस्तै स्वाइन्स ग्रुपका प्रशान्त कुमारले डिजिटल रुपान्तरणवाट भविष्यमा पोल्ट्रीको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । त्यस्तै पोल्ट्रीको वर्तमान अवस्था, चुनौती बारेमा डा. सन्दीप द्धवेदीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । दिगो कुखुरा उत्पादनका लागि आउन सक्ने जैविक संक्रमणका बारेमा डा. मिथिलेस जैसवालले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सेमिनारमा नेपालको पोल्ट्रीको वर्तमान अवस्था, चुनौती, अवसर, दिगो विकास र भावी रणनीति सम्बन्धी डा. सुविर सिंह र डा. दिनेश गौतमले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे । त्यसै गरी पोल्ट्री प्रविधि न्यूट्रेशन र दाना सम्बन्धी प्रा डा. ए. एस राण्डेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

विज्ञापन

कार्यक्रममा नेपाल कुखुरा व्यवसायी मञ्चका पूर्व अध्यक्ष एंव कृषि तथा वन विज्ञान विश्व विद्यालय पशुचिकित्सका, पशु विज्ञान तथा मत्स्य संकायका डिन प्रा. होमवहादुर बस्नेत, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाल, नेपाल भेटेरीनरी एशोसियशन केन्द्रीय समितिका अध्यक्ष डा. रामकृष्ण खतिवडा, नेपाल भेटेरीनरी काउन्सीलका उपाध्यक्ष डा. सुविर सिंह, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष लक्ष्मीदास मानन्धर, नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरी, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष रितेश रिमाल, स्पेनाइस गु्रपका कार्यकारी निर्देशक सोमुकुमार अम्वोट, इम्र्मोका हेल्थ प्रालिका डा. दिव्यान्दु दे, इण्डिया फेडेरेशन अफ एनिमल हेल्थ कम्पनीका अध्यक्ष डा. सिरिस निगमलगायत व्यवसायीहरु र पशुचिकित्सकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल भेटेरीनरी काउन्सिलका उपाध्यक्ष डा. सुविर सिंहले स्वागत मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा ६५ जना व्यवसायीहरु र पशुचिकित्सकहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल कुखुरा व्यवसायी मञ्चका वरिष्ठ उपाध्यक्ष प्रा डा. रेवन्तकुमार भट्टराईको सभापतित्वमा भएको थियो ।
–––

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस