शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • समाचार
  • युआर अटोमेटिक लन्ड्रीद्धारा चितवनमा सेवा विस्तार, देशभर १० शाखा सञ्चालन गर्ने तयारी
समाचार

युआर अटोमेटिक लन्ड्रीद्धारा चितवनमा सेवा विस्तार, देशभर १० शाखा सञ्चालन गर्ने तयारी

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित बछौलीमा १ करोड रुपैयाँको लागतमा युआर अटोमेटिक लन्ड्री सेवा सुरु गर्न लागेको छ । भोलि शुक्रबार एक औपचारिक कार्यक्रमका बीच लन्ड्री सञ्चालन आउन लागेको कम्पनीले जनाएको छ । मुख्य कार्यालय बाराको सिमरामा रहेको कम्पनीले चितवनमा शाखा विस्तार गरेको हो । अत्याधुनिक मेशिनको प्रयोग गरी कुनै पनि प्रकारको लुगाको सुरक्षित धुलाई गर्ने कम्पनीले जनाएको छ ।

दुबईको फुजेरामा १० वर्ष लन्ड्रीको काम गरी स्वेदेश फर्किएर बाराका उमेश चौलागाईले युआर अटोमेटिक लन्ड्री सुरु गर्नुभएको थियो । भरतपुर, टाँडी, पर्सा लगायतका स्थानमा कलेक्सन कार्यालय राखी बछौलीमा उद्योगमार्फत कपडा धुने काम गरिने कम्पनीका प्रोपाईटर चौलागाईले बताउनुभयो ।
कम्पनीले उपभोक्तालाई गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेर अघि बढेको उहाँको भनाई छ ।
कम्पनीले नेपालका अन्य १० सहरमा शाखा विस्तार गर्ने लक्ष्यसहित चितवनमा पनि शाखा विस्तार गरिएको हो ।

विज्ञापन

कम्पनीको लागत १ करोड रुपैयाँ बढी भइसकेको छ । थप नयाँ मेशिनहरु आउने क्रम जारी रहेकाले लागत बढ्ने उहाँले बताउनुभयो । अहिले एउटा मेशिनले १ सय ५० केजी लुगा एक पटकमा धुने गर्दछ ।
अहिले ८ ठुला र प्रर्याप्त साना वासिङ मेशिनबाट कुशन, कोर्ट, पाईन्ट, दौरा सुरुवाल, सितारा जडित साडी, कुता, लेदर ज्याकेट, तन्ना स्विटर कार्पेट, ब्लाङकेट धुलाई गरी स्टिम आइरन पनि गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले अहिले ३१ जनालाई रोजगारी प्रदान गरेको छ । २४ सै घण्टा धुलाईको सेवा दिने कम्पनीले आधा घण्टामा कपडा लगाउन मिल्ने गरी उपलब्ध गराउन सक्छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस