शनिबार, अशोज १२, २०८१
  • होमपेज
  • Breaking News
  • बर्षाले खेल हुन नसकेपछि नेपाल र ओमानले अंक बाँडे
Breaking News

बर्षाले खेल हुन नसकेपछि नेपाल र ओमानले अंक बाँडे

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज अन्तर्गत नेपाल र ओमानबीचको खेल बर्षाले गर्दा रद्ध भएको छ ।

क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा मंगलबार राति हुनुपर्ने खेल बर्षाका कारण हुन नसकेपछि रद्ध भएको हो । खेल रद्ध भएपछि नेपाल र ओमानले एक एक अंक बाँडेका छन् ।

विज्ञापन

योसँगै नेपालको यो सिरिजमा बिर्सन लायक अन्त्य भएको छ । नेपालले यस सिरिजका ४ मध्य तीन खेलमा हार बेहोरेको थियो ।

विज्ञापन

लिग- २ मा नेपाल ८ खेलमा ६ हारसहित केवल ३ अंकसहित सातौं स्थानमा रहेको छ । त्यसैगरी ओमानको भने ७ खेलमा ६ अंक रहेको छ र छैटौं स्थानमा छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस