शनिबार, अशोज १२, २०८१
  • होमपेज
  • समाचार
  • १० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउँदै सेन्ट्रल कलेज
समाचार

१० विद्यार्थीलाई निःशुल्क कोरिया पढ्न पठाउँदै सेन्ट्रल कलेज

चितवन । अग्रणि शैक्षिक परामर्शदाता संस्था सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान चाहाने उत्कृष्ट १० विद्यार्थीलाई निःशुल्क पठाउने भएको छ । कलेजले सत प्रतिशत छात्रबृत्तिमा अध्ययनका लागि पठाउने विद्यार्थीको सबै भिजा प्रक्रिया (टिकट र अन्य प्रोसेसिङ) समेत निःशुल्क गराउने भएको हो । कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलका अनुसार निःशुल्क अध्ययनका लागि प्लस टु वा व्याजलरमा ३ं.० जिपिए भन्दा माथि ल्याएका विद्यार्थीले आइएलटिएसमा ७.५ र युनिभर्सिटीको छात्रबृत्तिको अन्तरवार्ता पास गर्न सक्नुपर्नेछ । यो सबै प्रकृया पुरा गरेपछि मात्र विद्यार्थीलाई कलेजले सबै कुरा (बैंकिङ प्रोसेस, डकुमेन्टेसन, टिकट र भिसा प्रोसेसिङका काम) निःशुल्क गरिदिनेछ । प्रिन्सिपल पौडेलका अनुसार कलेजले यी विद्यार्थीलाई कुनैपनि सर्भिस चार्ज पनि लिने छैन ।

 

विज्ञापन

उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको कलेजले पछिल्लो समय स्टडी इन कोरियालाई पनि प्राथमिकतामा राखेको हो । पछिल्लो समय यहाँबाट भाषा कक्षा लिएर उच्च शिक्षा अध्ययनका लागि कोरिया जाने विद्यार्थीको संख्या बढेको कलेजले जनाएको छ । कलेजले सिधै कोरियामा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु धमाधम पठाइरहेको कलेजका प्रिन्सिपल पौडेलले बताउनुभयो । उहाँका अनुसार (डि टु र डि फो) दुई प्रकारको विद्यार्थी भिसामा कोरियामा अध्ययनका लागि विद्यार्थी पठाउने गरिन्छ । डि फोर माध्यमबाट कोरियामा भाषा कक्षा पढेर त्यहाँका कलेज युनिभर्सिटीमा अध्ययन गर्न सकिन्छ ।

विज्ञापन

 

यस्तै डि टु मार्फत आइएलटिएसमा ५.५ र एकेडेमिमा २ं.८ जिपिए ल्याएका विद्यार्थी सिधै अंग्रेजी माध्यामबाट अध्ययनका लागि कोरिया जान सक्नेछन । कलेजले अहिलेसम्म सयौं विद्यार्थी अध्ययनका लागि कोरिया पठाइसकेको प्रिन्सिपल पौडेलले बताउनुभयो । ‘धेरै विद्यार्थी कोरिया अध्ययनका लागि जाने तयारीमा हुनुहुन्छ, पौडेलले भन्नुभयो,जापान जत्तिकै प्राथमिकता दिएर काम गरिरहेका छौं ।’ उहाँले कोरिया अध्ययनका लागि जाने विद्यार्थीलाई सेन्ट्रल कलजेले स्कलरसिप कोटाहरुमा पठाइरहेको बताउनुभयो । अष्ट्रेलिया क्यानडा लगायतका देशमा भिसा कम लागेपछि विद्यार्थीहरु कोरियातर्फ पनि आकर्षित भएका छन् । सस्तो शुल्क र स्कलरसिपका कारण कोरियामा विद्यार्थी आकर्षित भएका हुन । कलेजले कोरियाको निःशुल्क भाषा कक्षा, आइएलटिएस, पिटिइ र बसको समेत निःशुल्क व्यवस्था गरेको छ ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । विभिन्न देशमा सम्पर्क कार्यालय रहेको कलेजले चितवन, नवलपुर लगायतका जिल्लामा खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस