शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • समाचार
  • सांसद पौडेलको प्रश्न : प्रधानमन्त्रीमाथि गिरीबन्धुमा प्रश्न उठ्यो, राजीनामा दिन तयार हो ?
समाचार

सांसद पौडेलको प्रश्न : प्रधानमन्त्रीमाथि गिरीबन्धुमा प्रश्न उठ्यो, राजीनामा दिन तयार हो ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाएर गलत काम नगर्न चेतावनी दिएका छन्। मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पौडेलले उपसभामुख रानालाई हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने बताएका हुन्।

“एउटा भूमिका निभाउँछु भनेर आएको एउटी नारीमाथि अपमान गर्ने ?,” पौडेलले सोधे, “हामी उपसभामुखको साथमा छौं। बेथितिपूर्ण कुराहरूमा हात नहाल्नुस् भनेर सरकारलाई सुझाव दिन चाहन्छु।” उपसभामुख रानालाई सत्तारुढ दलको दुईतिहाइको बलले हटाउन खोज्नु दुःखद भएको उनले बताए।

विज्ञापन

सांसद पौडेलले वाइटबडी, लाउडा, भुटानी शरणार्थी, बालुवाटार जग्गा प्रकरणदेखि गिरीबन्धुमा पनि प्रश्न उठेको भन्दै प्रधानमन्त्रीलाई राजीनामा दिन तयार हुनुहुन्छ ? भन्दै प्रश्न गरे। ‘प्रश्न उठेर राजीनामा दिने हो भने दसौं मन्त्रीका बारे प्रश्न उठेको छ। राजीनामा दिन तयार हुनुहुन्छ ?’ उनले भने, ‘लाउडामा प्रश्न उठ्यो, वाइडबडीमा प्रश्न उठ्यो। भुटानी शरणार्थीमा प्रश्न उठ्यो, बालुवाटार जग्गामा प्रश्न उठ्यो, गिरीबन्धु टी स्टेटमा प्रश्न उठ्यो। राजीनामा दिन तयार हुनुहुन्छ ? छानबिन होस्।’

विज्ञापन

यसअघि उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीलाई एक ‘राउन्ड किक’ ले ढलाएको प्रसंग उल्लेख गर्दै पौडेलले त्यो किक उपसभामुखविरुद्ध प्रयोग गरेको दाबी गरे। ‘प्रधानमन्त्रीको त्यही राउन्ड किक अहिले उपसभमुखमाथि प्रयोग हुँदैछ,’ उनले भने। लोकपाटीबाट

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस