बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • टुसासहितको मेथी खाँदा हुने फाइदा
समाचार

टुसासहितको मेथी खाँदा हुने फाइदा

काठमाडौं । मेथी शरीरको लागि फाइदाजनक छ । धेरैले तौल घटाउन मेथीको प्रयोग गर्छन् । मेथीको दानाले जोर्नी दुख्ने, ढाड दुख्ने र सुन्निने समस्याबाट राहत दिन्छ ।

यसबाहेक मेथीको दानाको पानी मोटोपना घटाउन पनि फाइदाजनक हुन्छ । मेथीको दानाको पानी पिउनाले कपाललाई पनि स्वस्थ र बलियो बनाउँछ । ग्यास र एसिडिटीको समस्याबाट पनि राहत दिन्छ । तर, कतिपयले मेथीको दानालाई टुसाएर खाने गर्छन् । टुसासहितको मेथी खाँदा हुने फाइदाबारे जानौं –

विज्ञापन

टुसाएको मेथीको दानामा ३०–४० प्रतिशत बढी पोषक तत्त्व पाइन्छ । मेथीको दानाले पाचन सुधार गर्न मद्दत गर्छ । मेथीमा फाइबरको मात्रा बढी हुन्छ । यसले पाचन क्रियामा सुधार हुन्छ ।

विज्ञापन

टुसाएको मेथीको दानाले पेटको स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ । यो भिटामिन बी, भिटामिन सी र भिटामिन ई र भिटामिन ए को राम्रो स्रोत हो । यसबाहेक मेथीमा आइरन र क्याल्सियम जस्ता खनिजहरू पनि पाइन्छ । यी सबै पोषक तत्त्वहरू समग्र स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

मेथीको दाना मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ भन्ने धेरै अध्ययनले देखाएको छ । सुन्निएको शरीरलाई कम गर्न सकिन्छ । यसले तौल घटाउन पनि मद्दत गर्छ र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

टुसाएको मेथीको दाना कसरी खाने ?
टुसाएको मेथीको दानालाई तपाईं सलादमा जसरी खान सक्नुहुन्छ । यसका साथै पोहा, उपमा वा ओट्समा मिसाएर पनि खान सकिन्छ ।

बिहान मेथीको पानी पिएपछि त्यसलाई पिसेर पीठोमा मिसाएर रोटी बनाउन सकिन्छ । भिजेपछि र टुसाएपछि मेथीको स्वाद तितो हुँदैन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस