बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • समाचार
  • भदौ ५ मा एक्सपर्ट चितवनले शैक्षिक मेला गर्दै
समाचार

भदौ ५ मा एक्सपर्ट चितवनले शैक्षिक मेला गर्दै

भरतपुर ।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले शैक्षिक मेला ‘इन्लाइटन एडु’ आयोजना गर्दै छ । उक्त मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले जानकारी लिन सक्नेछन् ।
एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आगामी भदौ ५ गते आयोजना गर्न लागिएको मेला बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने छ । युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित हुने भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन सक्ने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने उनले बताए ।

‘अहिले भरखरै कक्षा १२ को नतिजा आएका विद्यार्थीहरूका लागि त झनै यो मेला उपयुक्त हुन्छ’, उनले भने– ‘उच्च शिक्षा अध्ययन गर्न विदेश जाने सोच छ तर खास जानकारी लिन पाइएको छैन भने आउन अनुरोध गर्दछु ।’
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस