बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर अस्पतालमा एमआरआई सेवा शुरु
Breaking News

भरतपुर अस्पतालमा एमआरआई सेवा शुरु

चितवन।  यहाँको संघीय भरतपुर अस्पतालमा आजबाट एमआरआई सेवा सञ्चालनमा आएको छ । आधुनिक प्रविधिको एमआरआई सरकारी अस्पतालमा आएसँगै सर्वसाधारण लाभान्वित हुने भएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलका अनुसार वुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजबाट सञ्चालनमा ल्याईएको हो । पौडेलका अनुसार रु.३० करोड लागतमा मेसिन खरिद गरिएको हो । संघीय सरकारले उपलब्ध गराएको रु.२५ करोड र अस्पताल विकास समितिको रु.५ करोड गरी मेसिन खरिद गरिएको हो । इस्ट वेस्ट कम्पनीले बोलपत्र पाएको एकवर्षपछि उपकरण ल्याएको हो । पौडेलका अनुसार थ्री टेस्ला एमआरआई ६४ सलाइसको मेसिन ल्याईएको हो ।

पौडेलले स्वास्थ्य बीमाले तोकेको शुल्कमा परीक्षण गरिने बताउनुभयो । रु. नौ हजारदेखि १४ हजारसम्ममा एमआरआईबाट परीक्षण हुनेछ । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने उहाँको भनाई छ । अस्पतालमा दुर्घटना लगायतका बिरामीको एमआरआई गर्नु परेमा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल वा निजी अस्पताल जानुपर्ने बाध्यता थियो । अस्पतालमा दुर्घटनाका धेरै बिरामी आउने गर्दछन् ।

विज्ञापन

अस्पतालमा सिटीस्क्यान, भिडियो एक्सरे लगायतका उपकरण यस अघि नै ल्याईएको छ । अस्पतालमा क्याथल्याब ल्याउने तयारी गरिएको छ । धेरै बिरामी उपचार गर्ने अस्पतालमा यो पर्दछ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस