Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ३१, २०८२
  • होमपेज
  • समाचार
  • पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन
समाचार

पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ।

मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो ।

विज्ञापन

 

विज्ञापन

समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताउनुभयो । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

 

गत महिना ५१ हजार आठ सय चार जनाले देवीको दर्शन गरेका थिए । चालु आर्थिक वर्षको वैशाखसम्ममा दुई लाख २० हजार दुई सय ७२ जना पाथीभरा आएका समितिले जनाएको छ । रासस

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

सिफारिस