शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • समाचार
  • शरीरमा कोलेस्ट्रोल बन्न नदिने रुख कटहरका अरु के-के छन् फाईदा ?
समाचार

शरीरमा कोलेस्ट्रोल बन्न नदिने रुख कटहरका अरु के-के छन् फाईदा ?

काठमाण्डौं। औषधीय दृष्टिकोणले निकै प्रभावकारी बोटबिरुवाहरू मध्ये एक हो रुख कटहर । कटहरले रक्तचाप, हृदयाघात लगायत धेरै रोग निको पार्छ भनिन्छ । मधुमेहका रोगीका लागि पनि यो निकै लाभदायक भएको बताइन्छ ।

कटहर हामी फलका रूपमा खान्छौँ । यसलाई तरकारीको रूपमा पनि प्रयोग गरिन्छ । यो वर्षौभरि हराभरा हुने रुख हो । भुईँ कटहरको सिंगै रुखको औषधीय मूल्य छ । यसको फलमा प्रचुर मात्रामा भिटामिन बी पाइन्छ । ब्लड प्रेसरका बिरामीका लागि पनि यो निकै फाइदाजनक हुन्छ । यसले रगतमा चिनीको मात्रालाई नियन्त्रित राख्छ ।

विज्ञापन

मधुमेहका बिरामीका लागि यो निकै फाइदाजनक छ । तरकारीको रूपमा खाँदा मधुमेह नियन्त्रणमा रहन्छ । हृदयघातका बिरामीका लागि पनि यो निकै लाभदायक मानिन्छ । रुख कटहरले शरीरमा कोलेस्ट्रोल बन्न दिँदैन । जसले गर्दा हृदयाघातको सम्भावना कम हुन्छ । यसमा धेरै फाइबर पाइन्छ । जुन पाचनमा निकै फाइदाजनक हुन्छ । (एजेन्सी)

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस