शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना
समाचार

थोत्रे भ्यानमा वेस्ट इन्डिजका खेलाडीको लगेज, क्यानको आलोचना

नेपाली टोलीसँग खेल्नका लागि वेस्ट इन्डिज ‘ए’ टिमका खेलाडीहरू बुधबार बिहान काठमाडौंमा अवतरण गरेका छन् ।

४९ टेस्ट, ४५ एकदिवसीय र ११ ट्वेन्टी-२० आई क्रिकेट खेलिसकेका ३२ वर्षीय रोस्टन चेसको कप्तानीमा वेस्ट इन्डिज ‘ए’ टिम नेपाल अवतरण गरेको हो ।

विज्ञापन

वेस्टइन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । त्यहीकारण यस सिरिजलाई ऐतिहासिक भनिएको छ । टी–२० विश्वकप खेल्नुअघि नेपाल र वेस्ट इन्डिजले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

विज्ञापन

वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच खेल खेल्ने टोली यसअघि नै घोषणा गरिसकेको छ । यस्तोमा बुधबार त्रिभुवन विमानस्थलमा अवतरण गरेको उक्त टोलीको स्वागतलाई लिएर नेपाल क्रिकेट संघ (क्यान) को अहिले सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

वेस्ट इन्डिज टोलीका खेलाडीहरूको लगेज राखेर होटल सोल्टी लैजाने क्रममा अपमानपूर्ण स्वागत गरिएको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले क्यानप्रति आक्रोश पोखेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस