काठमाण्डौं। नेपालीलाई दाल, भात र तरकारीसँग अलिकति अचार पनि चाहिन्छ नै । अचार स्वादिष्ट हुनाले खाना रुचाउन यसले मद्दत गर्छ । बट्टामा खाँदिएको अचार बजारमा सजिलै पाइन्छ ।
तर नियमित रूपमा अचार खाँदा यसले स्वास्थ्यमा हानि पु–याउँछ । स्वादिष्ट अचारका साइड इफेक्टहरू पनि हुन्छन् । जानौं अचारले गर्न सक्ने हानिका बारेमा :
विज्ञापन
मधुमेहमा हानिकारक
विज्ञापन
मधुमेहका रोगीले अचार खानै हुँदैन । अचार बनाउँदा लामो समय टिकोस् भनेर चिनी पनि हालिएको हुन्छ । चिनीयुक्त अचार मधुमेहको रोगीले सेवन गर्नुहुँदैन ।
पाचनप्रणालीमा असर
धेर अचार खाादा पेट फुल्छ र दुख्छ । धेर अचार खाने मानिसलाई पेटको क्यान्सर हुने सम्भावना हुन्छ ।
आन्द्रामा अल्सर
अचारमा मसला र तेल धेरै हालिएको हुन्छ । यसको अत्यधिक सेवनले आन्द्रामा अल्सर हुनसक्छ ।
उच्च रक्तचाप
अचारमा धेरै नून हालिएको हुन्छ र धेर नून खाँदा रक्तचाप बढ्न थालछ । तपाईंलाई उच्च रक्तचाप छ भने अचार नखानुस् ।
शरीर सुन्निने
अचारलाई लामो समयसम्म सुरक्षित राख्नका लागि सोडियमयुक्त नून हालिएको हुन्छ । सोडियमका कारण शरीरले पानीको मात्रा कायम राखेर अस्म्याटिक सन्तुलन गराउनुपर्ने हुन्छ जसकारण शरीर सुन्निन्छ । शरीर बढी नै सुन्नियो भने चिकित्सकलाई देखाउनुस् ।
ट्राईग्लिसराइड उच्च
अचारमा हालिने प्रिजर्भेटिभ्सले त्यसको आयु त बढाउँछन् तर स्वासथ्यलाई हानि पु–याउँछन् । प्रिजर्भेटिभ्समा तेलको मात्रा बढी हुन्छ र शरीरमा ट्राईग्लिसराइडको स्तर बढ्छ ।
अचारले स्वाद बढाएपनि स्वास्थ्यमा धेरै समस्या ल्याउने हुनाले सकेसम्म बट्टामा खाँदिएको अचार खाँदै नखानुस् । दिनदिनै घरमा ताजा चटनी बनाएर खाने गर्नुस् बरू । अचारमा जिभ्रो झुण्डिएको छ भने त्यसको मात्रा आजैबाट घटाउन थाल्नुस् ।
एजेन्सी
फेसबुक प्रतिक्रियाहरु