आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • स्वास्थ्यका लागि लाभकारी ल्वाङ कसरी प्रयोग गर्ने ?
समाचार

स्वास्थ्यका लागि लाभकारी ल्वाङ कसरी प्रयोग गर्ने ?

काठमाण्डौं । ल्वाङमा थुप्रै औषधिय गुण छन्। यसको नियमित सेवनले अद्भूत फाइदा हुन्छ। यसमा थुप्रै प्रकारको पोषक तत्व पाइन्छ, जो स्वास्थ्यको लागि निकै महत्वपूर्ण रहेको चिकित्सकहरु बताउँछन्।

ल्वाङको नियमित सेवनले थुप्रै प्रकारको रोगबाट छुटकारा पाउन सकिन्छ। यसमा एन्टीअक्सीडेन्ट र एन्टीब्याक्टेरियल तत्व पाइन्छ। ल्वाङको सेवन लामो समयसम्म गर्नाले यसले साइनससम्बन्धी समस्यालाई धेरै हदसम्म कम गर्छ। ल्वाङको सेवन तरकारी, भात र चियामा समेत हालेर गर्न सकिन्छ। यसका साथै तातो पानीमा ३ देखि ४ चम्चासम्म ल्वाङको तेल हालेर समेत सेवन गर्न सकिन्छ। यसले स्वास लिनमा समस्या हुने व्यक्तिलाई सजिलो बनाउँछ।

विज्ञापन

ल्वाङले इम्युनिटी बढाउन पनि मद्दत गर्छ। यसले कुनै पनि इन्फेक्शन र रुघा–खोकीबाट बच्न पनि मद्दत गर्छ। एन्टी–अक्सिडेन्ट गुणबाट भरिपूर्ण रहेको ल्वाङ इम्यूनिटी सिस्टमलाई बलियो बनाउन अति आवश्यक रहेको छ।

विज्ञापन

ल्वाङले दाँत दुखाइबाट आराम दिन्छ। ल्वाङमा दुखाइलाई केही समयसम्म कम गर्ने शक्ति हुन्छ। दाँतको दुखाइमा ल्वाङको तेल अथवा ल्वाङको उपयोग गर्ने परम्परा पुरानै छ।

एसिडिटी र अपचको समस्याबाट छुटकारा पाउनको लागि पनि ल्वाङको सेवन गर्न सकिन्छ। यसले पेटको ग्यासलाई समेत कम गर्छ। यसको सेवन ज्वानो, सोंठ र सेन्धा नुनसँग गर्न सकिन्छ।

ल्वाङमा प्रोटीन, कार्बोहाइड्रेट, आयरन, फस्फोरस, क्याल्शियम, सोडियम, पोटाशियम र हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ। यसको प्रयोग गर्नाले शरीरमा यी वस्तुहरुको कमीलाई पूरा गर्न सकिन्छ। यसमा फाइबर र भिटामिन ए पनि पाइन्छ जो शरीरको लागि अति आवश्यक तत्व हो।

केही शोधहरुमा ल्वाङको सेवनले स्किन क्यान्सर र फोक्सोको क्यान्सलाई रोक्नमा सहयोगी हुने पाइएको छ। शोधका अनुसार यसमा युजेनाल तत्व हुन्छ जो क्यान्सर रोक्नका लागि सहायक हुन्छ। (एजेन्सी)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस