सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • रोगसँग लड्ने शक्ति दिने हरियो लसुनले संक्रमण र चिसोबाट बचाउँछ
समाचार

रोगसँग लड्ने शक्ति दिने हरियो लसुनले संक्रमण र चिसोबाट बचाउँछ

काठमाण्डौं । भारतकी आहारविज्ञ कामिनी सिन्हा लसुनले रोग प्रतिरोधात्मक क्षमता बढाउने बताउँछिन्। हरियो लसुनले मौसमी रुघाखोकी, फ्लू र संक्रमणबाट बचाउने सिन्हाको भनाइ छ। हरियो लसुन खानुका फाइदा अनगिन्ती रहेको सिन्हा बताउँछिन्।

पछिल्लो समय कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण विश्वका विभिन्न मूलुकमा फैलिने क्रममा छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोनाको नयाँ जेएन–१ संस्करण हालसम्म ४१ देशमा फैलिसकेको छ। फ्रान्स, अमेरिका, बेलायत, सिङ्गापुर, क्यानडा र स्वीडेनमा जेएन–१ का केसहरू सबैभन्दा बढी छन्।

विज्ञापन

लसुनको नियमित सेवनले कोरोनाको जेएन–१ संस्करणबाट पनि बचाउने आहारविज्ञ सिन्हा बताउँछिन्। लसुनले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ। उनले आफ्नो आहारमा हरियो लसुनलाई नियमित समावेश गर्न र आवश्यकताभन्दा धेरै लसुन नखान सुझाव दिएकी छन्।

विज्ञापन

मौसमी फ्लू र रुघाखोकीबाट राहत

हरियो लसुनको सेवनले मानिसलाई चिसो र फ्लूबाट सुरक्षा प्रदान गर्छ। आफ्नो आहारमा हरियो लसुन नियमित रूपमा समावेश गर्नाले रुघाखोकी र फ्लूबाट बच्न सकिन्छ। लसुन–अदुवाको रसमा मह मिसाएर खानाले पनि चिसो र फ्लूबाट बच्न सकिन्छ।

कोलेस्ट्रोल कम गर्छ

हरियो लसुन सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। हरियो लसुनले कोलेस्ट्रोल घटाउने र रगत पातलो पार्ने काम गर्छ। हरियो लसुनको नियमित सेवनले उच्च रक्तचाप र स्ट्रोक जस्ता मुटुसम्बन्धी रोगबाट बच्न सकिन्छ।

क्यान्सरका कोशिकाहरू बढ्नबाट रोक्छ

जाडोमा क्यान्सर रोगीको आहारमा हरियो लसुन समावेश गर्नुपर्छ। यसले क्यान्सर कोशिकालाई बढ्नबाट रोक्छ। साथै, क्यान्सर जस्ता गम्भीर रोगको पारिवारिक इतिहास भएकाहरूले विशेष गरी हरियो लसुन खानुपर्छ।

घाउ निको पार्न सहायक

शरीरमा भित्री वा बाहिरी घाउ भएमा हरियो लसुनको सेवन गर्नुपर्छ। ताजा हरियो लसुनमा एलिसिन हुन्छ। यसले एन्टिबायोटिकको रूपमा काम गर्छ र शरीरको बाहिरी र आन्तरिक घाउहरू निको पार्न मद्दत गर्दछ। (दैनिक भास्करबाट)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस