आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • औषधीय गुणले भरिपूर्ण लालीगुराँसमा पाईन्छ के ?
समाचार

औषधीय गुणले भरिपूर्ण लालीगुराँसमा पाईन्छ के ?

काठमाण्डौं । वसन्तको आगमनसँगै यस वर्ष लालीगुराँस फुल्न थालिसकेको छ । गुराँसमा सौन्दर्य मात्र होइन, पौष्टिकता पनि लुकेको हुन्छ ।

गुराँस आयुर्वेदिक औषधिमा प्रयोग गरिँदै आएको एक आयुर्वेदिक औषधीय गुण भएको बिरुवा हो । प्राचीन समयदेखि यसको प्रयोग गरिँदै आएको कुरा आयुर्वेदमा उल्लेख छ । गुराँस मुख्यतः रातो रङमा हुने गरे पनि यो सेतो, नीलो र गुलाबी रङमा पनि पाइन्छ ।

विज्ञापन

समुद्री सतहको १ हजार ५ सयदेखि ३ हजार ६ सय मिटरको उचाइमा फुल्ने गुराँसको जुस कलेजो तथा मिर्गौलाका समस्याहरू निको पार्न प्रयोग हुँदै आएको छ । गुराँसको जुस मुटु रोगीका लागि पनि निकै उपयोगी मानिएको छ । मुटुमा देखिएका रोगहरू निको पार्न गुराँसको जुस सेवनले सहजता प्रदान गरिरहेको अनुसन्धानमा खुलेको छ ।

विज्ञापन

गुराँसको जुसमा क्याल्सियमको मात्रा पनि पाइन्छ । यसको जुस बनाएर सेवन गर्दा हड्डीको दुखाइमा कमी आउँछ । रगत निर्माण र परिचालनमा पनि गुराँसको ठूलो महत्व छ । उच्च रक्तचाप नियन्त्रणका लागि गुराँसको जुस उपयोगी मानिँदै आएको छ ।

गाउँघरमा मानिसको घाँटीमा माछाको काँडा अड्किँदा गुराँस वा यसको जुस खुवाएर माछाको काँडा घाँटीबाट निकाल्ने गरिन्छ । यसका लागि गुराँसको फूललाई घाममा सुकाएर राखिन्छ । पहाडका हरेक घरका छानामा गुराँसको फूल यही प्रयोजनका लागि सुकाएर राख्ने गरिएको हुन्छ ।

धार्मिक मान्यतानुसार गुराँसको फूल घरको मू्ल ढोकामा सजाउँदा घरमा नकारात्मक ऊर्जा र आभाष प्रवेश गर्न पाउँदैन भन्ने विश्वास पनि गरिन्छ । (एजेन्सी)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस