आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • यी हुन् ग्रीन कफीका ५ फाइदा
समाचार

यी हुन् ग्रीन कफीका ५ फाइदा

काठमाडौँ। अधिकांश मानिस तौल घटाउन र स्वस्थ रहन ग्रीन टी पिउछन् । तर के तपाईंलाई थाहा छ, ग्रीन कफी स्वास्थ्यका लागि ग्रीन टीभन्दा कयौं गुणा बढी फाइदाजनक छ भनेर? यसका फाइदा के–के हुन् थाहा पाऔं ।

तीब्र रुपमा तौल घट्छ
जसरी ग्रीन टी तौल घटाउन सहयोगी हुन्छ, ग्रीन कफीले पनि सजिलै तौल कम गर्न मद्दत गर्छ। ग्रीन कफीका अनुसन्धानकर्ताहरुका अनुसार यदि बिहान खाली पेटमा नास्ताभन्दा पहिले ग्रीन कफीको नियमित सेवन गर्ने हो भने तौल घटाउन सहयोगी हुन्छ। यसले पेटको चिल्लो पदार्थ तीब्र रुपमा हटाउँछ। एक महिनामा २ किलोग्रामसम्म तौल कम गर्न सक्छ।

विज्ञापन

रक्तचाप नियन्त्रण गर्छ
यसले उच्च रक्तचाप पनि नियन्त्रण गर्ने पुष्टि भएको छ। बिहान ब्रेकफास्टभन्दा पहिल्यै नियमित रुपमा ग्रीन टी सेवन गर्नाले उच्च रक्तचाप सजिलै नियन्त्रण गर्न सकिन्छ ।

विज्ञापन

क्यान्सरबाट बचाउँछ
क्यान्सरजस्ता गम्भीर रोगबाट पनि ग्रीन टीले बचाउँछ । यसको प्रयोगबाट शरीरमा ट्युमर बन्ने सम्भावना कम हुन्छ, जो क्यान्सरका वृद्धिका लागि जिम्मेवार मानिन्छ। यसमा भरपुरमात्रामा एन्टीअक्सिडेन्ट हुन्छ, जसले शरीरलाई तन्दुरुस्त बनाउनेमात्र होइन, तनाव र डिप्रेसनबाट पनि बचाउँछ र मानसिक रुपमा स्वस्थ रहन मद्दत गर्छ।

मेटाबोलिजम ठीक गर्छ
यसले मेटाबोलिजमको दर बढाएर ऊर्जा वृद्धि गर्छ र पाचनतन्त्र सुचारु राख्न मद्दत गर्छ। भुटेको कफीको तुलनामा यसमा बढी पोषक तत्व हुन्छ। यो पिउनाले मुड राम्रो बन्छ र दिमागलाई पनि तेज बनाउछ। यसले दिमागको गतिविधि, प्रतिक्रिया, स्मरण शक्ति र सतर्कतालाई पनि तेज बनाउँछ ।

मुड ठीक गर्छ
ग्रीन कफीमा कोलोरेजेनिक एसिड हुन्छ, जसले मानिसको मुडलाई ठीक गर्न मद्दत गर्छ । साइकोफार्मेसीको एक अनुसन्धानअनुसार यस्तो तथ्य प्राप्त भएको हो । हालै गरिएको यो अध्ययनअनुसार क्याफिनयुक्त र क्याफिनरहित दुवै कफीमा कोलोरोजेनिक एसिड पाइन्छ, जसले मुड सकारात्मक बनाउन मद्दत गर्छ । बढी उमेरका मानिसलाई यो निकै उपयोगी मानिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस