आइतवार, जेष्ठ ६, २०८१
  • होमपेज
  • समाचार
  • के कारणले हुन्छ निमोनिया,कसरी बच्ने ?
समाचार

के कारणले हुन्छ निमोनिया,कसरी बच्ने ?

डा.रामभक्त सुवेदी
विराट मेडिकल कलेज

जाडोयाम बालबालिकामा निमोनिया धेरै हुने समय हो । आज म के कारणले बालबालिकामा निमोनिया हुन्छ भन्नेबारे चर्चा गर्दैछु । बालबालिकाहरु जन्मेर ३०० दिनसम्मको समय निमोनियाका जोखिमपूर्ण समयमा पर्छ ।

विज्ञापन

यतिबेलाको समयमा हुने भाइरल इन्फेक्सनका कारण बालबालिकामा निमोनिया हुने गर्छ । सामान्य प्रकारको रुघाखोकी नै निमोनिया भने होइन । छातीमा हुने संक्रमणलाई मात्र निमोनिया भनिन्छ । यस्तो अवस्थामा बालबालिकामा रोगसँग लड्ने क्षमता एकदमै कम हुन्छ । बालबालिकाहरुमा निमोनिया हुँदा आफुखुसी औषधि पसलमा गएर औषधि किनेर खुवाउनु भन्दा बाल रोग विशेषज्ञको सल्लाह अनुसार औषधि खुवाउनु पर्ने हुन्छ । यो समयमा बालबालिकाहरुमा रोगसँग लड्ने क्षमता एकदमै कम हुने भएकोले निमोनिया बढी हुने गर्छ ।

विज्ञापन

निमोनियाका लक्षणहरु ?
– खोकी लाग्ने

– खकारमा रगत देखापर्ने ।
– श्वास फेर्न गाह्रो हुने

– टाउको दुख्ने
– छाती दुख्ने

– शरीर कमजोर हुने

– भोक नलाग्ने

– खानामा नरुच्ने

– पखला लाग्ने

– ज्वरो आउने

बालबालिकालाई निमोनिया हुन नदिनका लागि के गर्ने ?
-बच्चा जन्मेको ६ महिनासम्म बच्चालाई आमाको दूध मात्रै खुवाउने ।आमाको दुधमा हुने रोग प्रतिरोधी क्षमताले निमोनिया हुनबाट धेरै हदसम्म जोगाउँछ ।
-नेपाल सरकारले निशुल्क रुपमा प्रदान गर्ने खोप लगाउने ।
-रुघाखोकी लागेका व्यक्तिहरुबाट बच्चाहरुलाई टाढा राख्ने ।
-ताजा फलपूmल तथा साग सब्जीहरुको सेवन गर्ने ।

सबैभन्दा प्रभावकारी उपाय भनेको स्तनपान गराउनु नै हो । अभिभावकहरुले बालबालिकालाई सफा राख्ने,स्वच्छ खानेकुरा खुवाउने,भीडभाडमा जान नदिने तथा भीडभाडमा जानु परेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गर्ने लगायतका कार्यहरु गरेको अवस्थामा बालबालिकाहरुलाई निमोनिया हुनबाट बचाउन सकिन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस