सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • कटन क्यान्डी उपभोग गर्दा क्यान्सरको जोखिम
समाचार

कटन क्यान्डी उपभोग गर्दा क्यान्सरको जोखिम

काठमाडौँ । सरकारले सडकपेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण भइरहेको रङ्गिन कटन क्याण्डी प्रयोग नगर्न आग्रह गरेको छ ।

अखाद्य रङ्ग प्रयोग गरिएको रङ्गिन कटन क्याण्डी सम्बन्धी सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइएकोले प्रयोग नगर्न आग्रह गरेको हो । ‘रोडामाइन बी’ले क्यान्सरजन्य रोग उत्पन्न गर्न सक्ने भएकोले यो अत्यन्त हानिकारक हुने विभागले जनाएको छ । खाद्य पदार्थमा यस प्रकारका अखाद्य रङ्गहरुको प्रयोग निषेध गरिएको छ ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस