सोमवार, मंसिर १०, २०८१
  • होमपेज
  • समाचार
  • ड्राई फ्रूटको राजा काजू खानुका फाइदाहरु, जानी राखौ
समाचार

ड्राई फ्रूटको राजा काजू खानुका फाइदाहरु, जानी राखौ

हामीले मन पराउने मसलामा सवैभन्दा पौष्टिक काजूलाई मानेका छौं । यो ड्राई फ्रूटको राजा हो । यो खानाले स्वास्थ्यमा राम्रो फाइदा गर्दछ । काजूको उपयोग प्राय: मिठाई र तरकारीलाई स्वादिष्ट बनाउन प्रयोग हुने गरेको छ । काजू मिसाएको बर्फी सबैले मन पराउने भएकाले काजूको महत्व अझ बढेको देखिन्छ । आउनुस् आज काजुको बारेमा जानौ ।

१. काजूको नियमित सेवन गराउनाले शरीरलाई बलियो बनाउने काम गर्दछ । स्वास्थ्यमा राम्रो फाइदा हुने भएपनि यस्लाई धेरै भने खानु हुदैन । हुनत: केहि बढी खाएर खासै नोक्सान भने गर्दैन ।

विज्ञापन

२. काजूमा प्रशस्त प्रोटिन पाइने भएकाले छाला र कपाल राम्रो हुन्छ । फेस नरम हुनुको साथै कपाल बढाउन राम्रो भूमिका खेलेको पाइन्छ ।

विज्ञापन

३. काजूको सेवन गर्नाले कोलेस्ट्रोल नर्मल राख्दछ । काजूमा प्रोटिन अधिक हुनाले चाडैं पच्दछ । नियमित काजू सेवन गर्नाले ब्लड बढाउने काम गर्दछ ।

४. काजू खानेहरूको छाला नरम हुनुको साथै चमक देखिन्छ । चाडै बुढो नहोस् भन्ने चाहना हुनेले काजूको सेवन गर्नुपर्छ ।

५. भुल्ने बानी हुनेहरूका लागी काजू राम्रो खुराक हो । काजूमा भिटामिन बी प्रशस्त हुने भएकाले र काजू खाइसकेपछि मह सेवन गर्नाले यूरिक एसिड बन्नबाट रोक्दछ । यूरिक यसिड र ब्लड प्रेशर पनि कन्ट्रोल हुने भएकाले काजू सेवन गर्ने बानी बसालौं ।

६. काजूमा प्रोटिनको राम्रो स्रोत भएकाले हड्डी बलियो बनाउन राम्रो भूमिका खेल्दछ । काजूमा मोनो सैचुरेटेड फ्याट पाइने भएकाले मूटुलाई सुरक्षित राख्ने काम गर्दछ ।

७. काजूमा एन्टीअक्सिडेन्ट तत्व हुने भएकाले पाचनक्रिया राम्रो बनाउनुको साथै दुब्लो भए मोटाउन थाल्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस