शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा टायर पड्किएर कार पल्टिदा एक जनाको मृत्यु
समाचार

चितवनमा टायर पड्किएर कार पल्टिदा एक जनाको मृत्यु

भरतपुर।

चितवनमा टायर पड्किदा कार अनियन्त्रित भएर पल्टिदा एक जनाको मृत्यु भएको छ । शुक्रबार कालिका नगरपालिका वडा नम्वर १ लंकालाइनमा भरतपुरबाट खोलेसिमलतर्फ जाँदै गरेको बा ११ च ८७८९ नम्वरको कारको टायर पड्किदा अनियन्त्रित भइ नालिमा पल्टिएको थियो ।

विज्ञापन

दुर्घटनामा घाइते कार चालक काठमाडौं महानगरपालिका ५ का बिष्णु क्षेत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता बिजयराज पण्डितले जानकारी दिनुभयो ।

विज्ञापन

 

कारमा क्षेत्री मात्रै सवार थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालको शबगृहमा राखिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस