शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा फेसबुकमार्फत ब्ल्याक मेल गरी फिरौती माग्ने तीन जना पक्राउ
समाचार

चितवनमा फेसबुकमार्फत ब्ल्याक मेल गरी फिरौती माग्ने तीन जना पक्राउ

चितवन।
सामाजिक सञ्जाल मार्फत ब्ल्याक मेलिङ गरेर ठगि गरेको आरोपमा तीन जना चितवनमा पक्राउ परेका छन् । अश्लिल भिडियो तथा फोटो बनाएर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरिदिने धम्की दिँदै पैसा फिरौती माग्ने तीन जनालाई चितवन प्रहरीले बुधवार भरतपुर महानगरपालिका वडा नम्बर–१६बाट पक्राउ गरेको हो ।
पक्राऊ पर्नेमा रत्ननगर नगरपालिका–१३का २० बर्षिय प्रवेश रिमाल, सिराहा स्थित लहान नगरपालिका–१का १९ बर्षिय युनिक सिंह, पोखरा महानगरपालिका–२९का २२ बर्षिय अनुराग घिमिरे रहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले अश्लिल भिडियोको आधारमा पैसा माग गर्ने र पैसा नदिएको खण्डमा भिडियो तथा फोटो सार्वजनिक गर्ने धम्की दिँदै आएका थिए । भिडियो कलगरी झुक्काएर गोप्य फोटो तथा भिडियोलाई स्कृन रेकर्ड तथा स्कृन सटगरी सो फोटो तथा भिडियो सार्वजनिक गर्ने भन्दै रकम फिरौती लिँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

विज्ञापन

 

विज्ञापन

केटीको फेक फेसबुक अकाउण्ट बनाएर पुरुषसँग विभिन्न समयमा कुराकानी तथा अश्लिल भिडियो तथा फोटो पठाउने गरेको पण्डितले जानकारी दिए । उनीहरुले कास्कीमा बस्ने मानिसहरुलाई समेत ब्ल्याक मेलिङ प्रहरीले बताएको छ ।

 

उनीहरुले फिरौती लिएको ७६ हजार रुपैयाँ र चार थान मोबाईल समेत बरामद गरेको चिवतन प्रहरीले जानकारी दिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस