शुक्रबार, अशोज २५, २०८१
  • होमपेज
  • समाचार
  • आज भरतपुरका यी स्थानमा लाइन काटिने
समाचार

आज भरतपुरका यी स्थानमा लाइन काटिने

चितवन।

हाकिमचोक–बुद्धचोक सडक खण्डकाे सडक अधिकार क्षेत्रमा परेका विजुलीका पोल स्थानान्तरण गर्नुपर्ने भएकाले आज भरतपुरका विभिन्न ठाउँमा लाइन काटिने भएको छ ।

विज्ञापन

 

विज्ञापन

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार क्यान्सर अस्पताल, बुद्धचोक, अस्पताल आसपासको क्षेत्र, बिसालचोक, कटहरचोक, त्रिचोक एरिया, सनराईज स्कुल लगायतका स्थानमा आज बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म लाइन काटिने छ ।

 

विजुलीका पोल सार्न भरतपुर १ र हस्पिटल फिडर नै सटडाउन गर्नुपर्ने भएकाले केहि ठाउँमा लाइन काटिने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए । काम छिटो सकिएमा तोकिएको समय भन्दा अगावै लाइन सुचारु हुने उनले बताए ।

भरतपुर वितरण केन्द्रले शनिबारको दिन पारेर सडक अधिकार क्षेत्रका विजुलीका पोल सार्दै आएको छ । हाल हाकिमचोक देखि गितानगरसम्मको सडक विस्तारको काम भइरहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस