शनिबार, अशोज २६, २०८१
  • होमपेज
  • Breaking News
  • भरतपुर महानगरले व्यवसायीलाई भन्याे-फागुन ३० भित्र व्यवसाय कर मात्रै तिर्नू
Breaking News

भरतपुर महानगरले व्यवसायीलाई भन्याे-फागुन ३० भित्र व्यवसाय कर मात्रै तिर्नू

चितवन । भरतपुर महानगरपालिकाले सम्पूर्ण व्यवसायीलाई आफ्नो व्यवसाय करको दाखिला गर्न अनुरोध गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै आगामी फागुन ३० गतेभित्र व्यवसाय करको दाखिला गर्न अनुरोध गरेको हो ।

‘भरतपुर महानगरपालिका क्षेत्र भित्रका कर तिर्नु पर्ने दायित्व भएका सम्पूर्ण व्यापारी, उद्योगी व्यवसायीहरुले भरतपुर महानगरपालिकालाई बुझाउनुपर्ने व्यवसाय कर दाखिला गर्दा घर बहाल कर समेत दाखिला गर्नुपर्ने हालको प्रणालीका कारण व्यवसायीलाई असुविधा भएको सम्बन्धमा फागुन ३० गतेसम्ममा सम्पूर्ण व्यवसायीहरुले आफ्नो व्यवसाय कर दाखिला गर्नुहुन अनुरोध छ’, सूचनामा भनिएको छ ।

विज्ञापन

व्यवसाय दर्ता गर्दा बहालकर प्रयोजनका लागि घरधनीको अभिलेख लिई सम्पत्ती करमा आवद्ध हुन समेत अनुरोध गरिएको छ । जसले घरधनीको अभिलेख राख्न मद्दत पुग्ने बताईएको छ । हाललाई व्यवसाय कर मात्र दाखिला गर्न सूचनामा भनिएको छ ।

विज्ञापन

‘घर धनीको विवरण पेश गरि सोको विवरण सम्बन्धित घर जग्गा धनीलाई एसएमएस मार्फत बहालकरको लागि जानकारी गराई सो को अभिलेख राजश्व व्यवस्थापन महाशाखामा पेश गर्ने गरी हाललाई व्यवसाय कर मात्र दाखिला गर्नेगरी व्यवस्था मिलाईएको व्यहोरा जानकारी गराइएको छ ।’ सूचनामा उल्लेख छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस