शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाचार
  • जब १७ वर्षिया किशोरले पोखराबाट बस चोरेर चितवन पुर्‍याए
समाचार

जब १७ वर्षिया किशोरले पोखराबाट बस चोरेर चितवन पुर्‍याए

चितवन । पोखराको पृथ्वीचोकमा पार्किङ गरी राखेको बस शुक्रबार राति गायब भयो । बस चोरी भएको सूचना प्रहरीकहाँ पुगेपछि खोजतलास तीव्र पारियो । बस सबेरै चितवनमा भेटिएको छ ।१७ वर्षका बालक आफैले बस चलाएर चितवन लगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ३ को १७ वर्षका बालक रहेका छन् । ग१ख ९६३८ नम्बरको बस चोरी भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, मातहत प्रहरी कार्यालय तथा अन्य प्रहरी कार्यालय समेतमा जानकारी गराई खोजतलास गर्दा जिल्ला चितवनमा फेला परेको प्रहरीले बताएको हो । चितवन भरतपुर महानगरपालिका वडा नं. ११ आँपटारीमा प्रहरीले चेकजाँच गर्नेक्रममा बालकले चलाउँदै गरेको अवस्थामा बस फेला परेको थियो । पक्राउ परेका बालकविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँकासम्बन्धी मुद्दामा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

 

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस