सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • दियालो बंगला दरबारको बाँकी भू–भागमा अन्तर्राष्ट्रिय पार्क निर्माण गर्छौः प्रमुख दाहाल
समाचार

दियालो बंगला दरबारको बाँकी भू–भागमा अन्तर्राष्ट्रिय पार्क निर्माण गर्छौः प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आँपटारीमा रहेको दियालो बंगला दरबारको बाँकी भू–भागलाई अन्तर्राष्ट्रिय पार्क निर्माण गरिने बताउनुभएको छ ।
भरतपुरको बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म आयोजना गरिएको बृहत वृक्षरोपण तथा सरसफाईमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख दाहालले दरबार क्षेत्रलाई आर्कषक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गर्नुभयो।
‘भरतपुरलाई सुन्दर बगैँचा कार्य भइरहेको छ,उहाँले भन्नुभयो,‘हरियाली प्रर्वद्धनलाई अगाडि बढाएका छौ। स्मार्ट लाईट ३०० किमिमा हुँदा थप सुन्दर हुन्छ । पर्यटकीय गन्तव्यलाई सिंगार्ने काम पनि भईरहेको छ।’
प्रमुख दाहालले दियालो बंगला दरबारलाई म्युजियमका रुपमा विकास गर्ने र दरबारको बाँकी भू–भागमा अन्तर्राष्ट्रिय पार्क निर्माण गर्ने गरी प्रकृया अगाडि बढाइएको बताउनुभयो ।
भरतपुरलाई पूर्वाधार विकास, वातावरण प्रर्वद्धन र सौन्दर्यकरण गरी सुन्दर सहर निर्माण गर्ने उदेश्यका साथ भरतपुर महानगर निरन्तर अगाडि बढेको प्रमुख दाहालको भनाई छ ।
प्रमुख दाहालले रोपिएका बोट विरुवाको संरक्षण गर्नु र नगर सफाई राख्नु नागरिकको पनि दायित्व भएको बताउनुभयो ।सडक डिभिजन कार्यालय भरतपुर ,राष्ट्रपति चुरे संरक्षण कार्यक्रम भरतपुर ईकाई र भरतपुर महानगरको सहकार्यमा बाईपास रोडको सो क्षेत्रमा वृक्षारोपण गरिएको हो। रोपिएका विरुवा उखेल्ने,भाँच्ने र नोक्सान गर्ने गरेका सुचना आएकोले स्वयं नागरिक सचेत नभई संरक्षण र प्रवद्र्दन गर्न नसकिने प्रमुख दाहालको भनाइ थियोे । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरी तयारी गरिरहेको भरतपुर महानगरले नगरभित्र वृक्षारोपण र सरसफाई अभियान नै चलाएको छ । राष्ट्रपति चुरे तराई संरक्षण समितिका चितवनका प्रमुख श्याम लोप्चनले लगाईएका विरुवा संरक्षण गर्न स्थानीयलाई आग्रह गर्नुभयो। बाईपास रोडको विशालचोकदेखि बसपार्कसम्म अघिल्लो चरणमा वृक्षारोपण गरिएको छ भने अहिले विशालचोकदेखि आँपटारीसम्म वृक्षारोपण गरिएको हो। सो क्षेत्रमा वृक्षारोपण र संरक्षणका लागि सडक डिभिजन, राष्ट्रपति चुरे समिति र महानगरबीच त्रिपक्षिय सम्झौता भएको थियो।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस