शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • Breaking News
  • विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री प्रचण्ड
Breaking News

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

न्युयोर्क ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

विज्ञापन

 

विज्ञापन

संयुक्त राष्ट्र सङ्घको ७८ औँ महासभामा सहभागी हुन आइतबार न्युयोर्क आएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरूसँगको भेटमा यस्तो बताएका हुन् । उनले विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिँदै कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताए ।

 

प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए । उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस