सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • Breaking News
  • नारायणगढ–मुग्लिन सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजन भरतपुरको आग्रह
Breaking News

नारायणगढ–मुग्लिन सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजन भरतपुरको आग्रह

चितवन, साउन २८–

सडक डिभिजन कार्यालय भरतपुरले बाटोको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । पानी परिरहेकाले सडकको अवस्था बुझेर सुरक्षित यात्रा गर्न सो कार्यालयले अनुरोध गरेको हो ।
कार्यालयका अनुसार अहिले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन नियमित रूपमा सञ्चालनमा छन् । ‘मुग्लिन नारायणगढ सडक यातायात सञ्चालनमा रहेको जानकारी गराउँछौँ । पानी परिरहेकोले सडकको अवस्था बुझेर मात्र सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ’ कार्यालयले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।

विज्ञापन

वर्षा सुरु भएसँगै सडकमा निरन्तर पहिरो खसिरहेकोले सडक डिभिजनले नागरिकलाई सचेत गराएको हो । चितवनमा निरन्तर झरी परिरहेकोले पनि सडकमा जुनकुनै बेला पहिरो खस्न सक्ने त्रास रहेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस