बिहिबार, मंसिर १३, २०८१
  • होमपेज
  • समाचार
  • ‘आर्थिक समृद्धीको नयाँ रोडम्याप गोरखाबाट कोर्नुपर्छ’ : अध्यक्ष दाहाल
समाचार

‘आर्थिक समृद्धीको नयाँ रोडम्याप गोरखाबाट कोर्नुपर्छ’ : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रस्ताबक र माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको समर्थनमा दाहालले उम्मेदवारी दर्ता गराएका हुन्।

बजागाजार सयौँ कार्यकर्ता सहित उम्मेदवारी दर्ता गराउन प्रचण्ड निर्वाचन कार्यालय पुगेका थिए। माओवादी केन्द्रका नेताकार्यकर्ता अध्यक्ष दाहाल गोरखा आएको प्रति उत्साहित देखिन्थे।

विज्ञापन

उम्मेदवारी दर्तापछि प्रतिक्रियादिँदै उनले भने ‘यस्तो दिन पनिआउँदो रहेछ।’ बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे प्रति इङ्कित गर्दै उनले थपे ‘कस्ता दिन पनि हामीले बेहोर्‍यौँ, हामी एकै ठाउँमा उभिएर समृद्धीको एउटा यात्राको सुरुवात गर्नेछौँ, नेपालमा नयाँआ र्थिक क्रान्ती गर्नुछ।’

विज्ञापन

दाहालले उम्मेदवारी दर्ता गर्ने क्रममा निर्वाचन कार्यालय भित्र पनि भनेका थिए ‘यस्तो दिन पनि आउँदो रहेछ।’ बाबुराम, नारायणकाजी र आफु बिचको अहिलेको सहकार्यलाई उनले यसरी स्मरण गरेका थिए।

गोरखाबाट निर्वाचन लड्दा गर्व महशुस भएको उनले बताए। पहिलो पटक रोल्पा, त्यसपछि काठमाण्डौँ, सिराह, गृह जिल्ला चितवन हुँदै अहिले गोरखाबाट चुनाव लड्न लागेको प्रशंग जोड्दै उनले भने ‘यसरी देशको पूर्व पश्चिम, मधेश पहाड घुम्दै चुनाव लड्ने नेपालको इतिहासमा म नै पहिलो छु कि जस्तो लागेको छ।’ अहिले गोरखाबाट उम्मेदवारी दिएसँगै यो रेकर्ड बनेको उनले बताए।

गोरखामा आएर गोरखकाली जनताको बिचमा निर्वाचनमा सहभागी हुन पाउँदा विषेश गर्वको महशुस गरेको उनले बताए। गोरखा इतिहासमा नै विषेश अर्थ र महत्व राख्ने जिल्ला भएको बताउँदै उनले इतिहास र आधुनिक नेपाल निर्माणको दृष्टिकोणले पनि गोरखा आफ्नो लागि परिचित भएको बताए।

पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी यहाँबाट गरेको, त्यस अर्थमापनि जनयुद्धको पहिलो सैनिक तालिम गोरखा २ को सिरानचोक बाट दिएको, पछि बाबुराम भट्टराईले चुनाव जितेको, बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको घर पनि यहाँ नै रहेको बताउँदै अध्यक्ष दाहालले हरेक दृष्टिकोणले सुपरिचत जिल्ला भएको बताए। ‘मलाई यहाँ आउँदा कता आएँ भन्ने लागेको छैन’ उनले भने।

संविधानको रक्षा गर्न गठबन्धन गरेको बताउँदै उनले जनयुद्ध र गणतन्त्रको आन्दोलन अघि बढाएको गोरखाबाट आर्थिक बिकस र समृद्धीको नयाँक्रान्ती सुरु गर्ने बताए। ‘आर्थिक समृद्धीको नयाँ रोडम्याप गोरखाबाट कोर्नुपर्छ’ दाहालले भने।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले यसअघि आफुले चुनावजितेको गोरखा २ प्रचण्डलाई हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताएका छन्।

आईतवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उनको प्रस्ताबमा उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रियादिँदै उनले भने ‘मैले प्रतिनिधित्व गरेको ठाउँ प्रचण्ड (उहाँ) जस्तो ब्यक्तिलाई हस्तान्तरण गर्न पाउँदा अत्यन्तै खुसी छु, यो खुसीनाप्ने कुनै यन्त्रभए झन गज्जब हुन्थ्यो, त्यो आविस्कार त छैन नै।’

दाहालको उम्मेदवारीलाई उनले गोरखाले इतिहास निर्माण गर्ने अवसर प्राप्त गरेको बताए। शहीद लखन थापा देखि माओवादी युद्धका प्रथमशहीद शुरेस वाग्ले सम्मको योगदान सँगै समृद्धीको नयाँ उचाई हाँसिल गर्ने नेतृत्व पनि गोरखाले अब पाएको उनले बताए।

गोरखा २ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेस सँगको गठबन्धनमा भट्टराई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए। माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले चुनाव जित्न मात्रै गोरखाबाट अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी नभएको बताएका छन्। आईतवार गोरखा क्षेत्र नम्बर २ का लागि प्रचण्डले मनोनयनदर्ता गरेसँगै उनले भने ‘प्रचण्ड चुनावजित्न गोरखा आएको भन्ने कुरा सत्य होईन, जित त उहाँको सबै ठाउँमा सुनिश्चितथियो, चितवनमै जितिन्छ।’

कुनैपनि एउटा निर्वाचन क्षेत्रमा परम्परागत ढंगले निर्वाचन लड्ने सोच र प्रवृत्ती प्रचण्डको नरहेको श्रेष्ठले बताए। गोरखकाली जनताको मागभावना र टिमको आग्रहलाई मानेर दाहाल गोरखा २ आएको उनले बताए। ‘उहाँ गोरखा आउनु हामी सबैको निम्ती खुसीको कुरा हो’ उनले भने।

प्रचण्डको गोरखा आगमनले यहाँको बिकास र समृद्धीको निम्तीअसाधारण योगदान पुर्‍याउने उनले दावी गरे। गोरखालाई बिकासको नमुना क्षेत्र बनाउने कामको निम्ती अध्यक्षलाई गोरखामा पाएको भन्दै उनले खुसीब्यक्त गरे।

गोरखा २ श्रेष्ठको गृहक्षेत्र हो। २०७४ को निर्वाचनमा श्रेष्ठ बाबुराम भट्टराई सँग पराजित भएका थिए। प्रचण्डको उम्मेदवारीमा अहिले श्रेष्ठ र भट्टराई समर्थक, प्रस्ताबक छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस