शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • एकीकृत समाजवादी सुदूरपश्चिम अध्यक्षले गरे पार्टी परित्याग, एमालेमा प्रवेश गर्ने चर्चा
समाचार

एकीकृत समाजवादी सुदूरपश्चिम अध्यक्षले गरे पार्टी परित्याग, एमालेमा प्रवेश गर्ने चर्चा

नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका प्रदेश अध्यक्ष विक्रम शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमालेबाट विभाजित भएर पार्टी गठन भएको वर्षगाँठकै दिन शाहीले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

शाहीको घोषणापछि सुदूरपश्चिममा अन्य कतिपय केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सदस्यहरूले पनि पार्टी परित्यागको तयारी गरिरहेको नेकपा एस सुदूरपश्चिमका एक नेताले बताए ।

विज्ञापन

शाहीले आज सामाजिक सञ्जाल फेसबुकबाट पार्टी परित्याग गरेको जानकारी दिएका हुन् ।

विज्ञापन

 

पार्टी परित्यागको घोषणा गर्दै शाहीले सामाजिक संजालमा भनेका छन्, ‘२०५४ सालमा वामदेवले फुट्नबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे । गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिए । पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरूलाई नै फाइदा पुर्यायो । त्यस बाफत पछुतो र आत्मग्लानि भएको छ। विगत ५/६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय रहेको अवस्था थियो भने आजका मितिदेखि म कुनै दल सँग आबद्ध नरहेको घोषणा गर्दछु ।’

उनी नेकपा एमालेमा प्रवेश गर्ने चर्चा छ । चर्चालाई नेकपा एमालेका युवा नेताले पुष्टि समेत गरेका छन् ।

फेसबुकमा नेता महरले नेकपा एस परित्याग गरेका शाहीलाई चाँडै एमालेमा स्वागत गर्ने उल्लेख गरेका छन् । शाहीले पार्टी परित्याग गरेको समाचार शेयर गर्दै नेता महरले लेखेका छन्, ‘हार्दिक बधाई छ । अब छिट्टै एमालेमा स्वागत गर्छौं कमरेडलाई ।’फरकधारबाट

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस