रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा सफारी पर्यटनको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको काजलकली हात्ती जीवन र मरणको अवस्थामा पुगेको छ । उक्त हात्तीले करिब एक हप्तादेखी केही खाना नसकेको स्थानियहरुले बताएका छन् ।
करिब २० वर्ष पर्यटक बोकेर सेवा गरेको सो हात्ती अहिले होटल पार्क साइट नजिकै मृत्यु कुरेर बसेको छ । उपचार नपाएर जीवन र मरणको अवस्थामा पुगेको हो । चितवन राष्ट्रिय निकुञ्जका सौराहा सेन्टर प्रमुख विश्वबाबु श्रेष्ठले व्यक्तिको हात्ती भएकाले यसलाई निकुञ्जले केही गर्न नमिल्ने बताए । यो मधुकर रेग्मीले विक्री गरिसकेको हात्ती हो, उनले भने–भारतको व्यवसायीले लैजान नसकेर वेवारिसे अबस्थामा रहेको हो । उनले व्यक्तिगत सम्पती रहेकाले सो हात्तीको उपचार र खानपानको लागि राज्यले केही गर्न नसक्ने उनको भनाई छ ।
विज्ञापन
रेग्मीले सो हात्तीलाई भरतका व्यवसायीलाई विक्री गरेको र सर्वोच्च अदालतले हात्ती आयत र निर्यातमा रोक लगाएका कारण दुई पटक सम्म सिमानाबाट फर्काइएको थियो । सौराहाका व्यवसायीले सो हात्ती रेग्मीको भएको बताइरहदा रेग्मीले भने सो हात्ती आफ्नो नभएको प्रतिक्रिया दिएका छन् । ७० बर्षको सो हात्ती लामो समयदेखि रोगी रहेको थियो ।
विज्ञापन
पशु अधिकारकर्मी सुराजन श्रेष्ठले सफारी पर्यटनको हिसाबले परिचित सौराहामा उपचार नपाएर हात्ती जीवन र मरणको अबस्थामा पुग्नु दुर्भाग्य रहेको बताए । हात्तीलाई बचाउन सक्ने अबस्था नरहेको भन्दै उनले पशु अधिकारका विषयमा व्यवसायी गम्भीर नहुँदा काजलकली यो अवस्थामा आएको बताए ।चितवन पोष्ट
फेसबुक प्रतिक्रियाहरु