चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपीपी खारेज हुने बताउनु भएको छ । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रचण्डले सो कुरा बताउनु भएको हो ।
यो एमसीसी जस्तो विषय नभएको भन्दै अध्यक्ष प्रचण्डले खारेज गर्नुको विकल्प नरहेको बताउनुभयो । एसपीपी र एमसीसी केपी ओलीको करामत हो, उहाँले भन्नुभयो, अब यो किलियर भइसक्यो । एमसीसी १२ बुँदे घोषणपत्रसहित पारित भयो । तर, एसपीपीमा त्यो हुनेवाला छैन । खारेज हुन्छ, गरिनु पर्छ ।’
विज्ञापन
बाम गठबन्धको विषयमा पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले अहिलेकै गठबन्धन संघिय निर्वाचनसम्म जाने उल्लेख गर्नुभयो । बाहिरा मिडिया आएजस्तो कुनै पनि बाम गठबन्धको विषयमा कुरा अगाडि नबढेको स्पष्ट पार्नुभयो ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु