शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • नागरिकहरुबाट आएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास हुनेछः बालेन साह
समाचार

नागरिकहरुबाट आएका सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रयास हुनेछः बालेन साह

काठमाडौं । टोल स्तरबाट आएका सुझावलाई समेटेर आर्थिक वर्ष २०७९/०८० को बजेट नीति तथा कार्यक्रम तर्जुमा गर्ने काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले बताएका छन् ।

राजस्व परामर्श समितिको आज आयोजना गरेको आव २०७९/०८० को बजेट, नीति तथा कार्यक्रम सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख साहले यस्तो बताएका हुन् ।

विज्ञापन

‘निर्वाचित हुनेबित्तिकै नीति कार्यक्रम तयार गर्नु पर्ने समय भयो । छलफल र अन्तरक्रियालाई व्यापक सकिएन । अहिले जति छलफल भयो । त्यसलाई अहिले नै समावेश गर्ने प्रयास गर्छौँ ।

विज्ञापन

यसपछि पुसमा अर्को नगर सभा हुन्छ । त्यसबेला छलफललाई अझ विस्तृत बनाउँछौँ,’ प्रमुख साहले सहभागीको कर सम्बन्धी जिज्ञासाको उत्तर दिँदै भने, ‘कमाइ गर्नेले कर तिर्ने हो ।

यसका लागि कमाइ हुने वातावरण बनाउनु पर्छ । यसका लागि उत्पादनको मार्केटिङ र ब्रान्डिङ गर्नुपर्छ । यसमा अहिलेसम्म ध्यान गएको देखिँदैन । हामीले यस विषयमा पनि सोच बनाएका छौँ ।’

कार्यक्रममा उपप्रमुख सुनिता डंगोलले बजेट, नीति तथा कार्यक्रमलाई सहभागितामूलक बनाउन खोजिएको बताइन्। उनले भनिन्, ‘स्थानीयहरुका सानातिना समस्या पनि सम्बोधन गर्ने दिशामा ध्यान दिनेछौँ ।

सबैले मेरा लागि तर्जुमा गरिएको हो भन्ने कार्यक्रम बनाइनेछ ।’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्रा। डा। शिवराज अधिकारीले करका दर कम गर्नु तर छुट नदिनु भन्ने सुझाव दिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा।पवन झा, नेपाल ल क्याम्पसका प्रमुख प्रा। डा। डिएन पराजुलीलगायतका वक्ताले योजनावद्ध कर नीति, दिगो व्यापारको अवधारणा, तथ्यको भण्डारणलगायत काम गर्न महानगरलाई सुझाव दिएका थिए ।

अन्तरक्रियामा सहभागीहरुले एक ठाउँमा तिरेपछि कर तिर्न अर्को ठाउँमा जानु नपरे कम झन्झट हुने सुझाव राखेका थिए ।

अन्तरक्रियामा महानगरको कार्यापालिकाअन्तर्गत गठन भएका समितिका संयोजकहरू, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, स्थानीय राजस्व परामर्श समितिलगायत विभिन्न समितिका प्रतिनिधिहरू, उद्योग तथा वाणिज्य र घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिहरुको सहभागिता थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस